शुक्रबार नेप्सेमा एक करोड ७३ लाख कित्ता सेयर सूचिकृत गर्ने कम्पनी कुन कुन हुन् ?

Jun 09, 2017 merolagani

नेपाल स्टक एक्सचेञ्ज नेप्सेमा कृषि विकास बैंक सहित तीन कम्पनीले एक करोड ७३ लाख ८७ हजार ५८९.६३ कित्ता सेयर सूचिकृत गरेका छन् । यसरी सूचिकृत गराउने कम्पनीहरुमा कृषि विकास बैंक, डिप्रोक्स लघुवित्त, सगरमाथा फाईनान्स रहेका छन् । कृषि विकास बैंक र डिप्रोक्स लघुवित्तको बोनस तथा सगरमाथा फाईनान्सको बोनस तथा हकप्रद दुबै सूचिकृत भएको हो ।

शुक्रबार कुल एक करोड ६८ लाख ८६ हजार ३९१.४५ सेयर कित्ता नयाँ सुचिकृत भएर थपिएको हो भने लुम्बिनी फाईनान्सको पाँच लाख एक हजार १९८.१८ कित्ता संस्थापक सेयर साधारणमा रुपान्तरण भएको हो । 

कृषि विकास बैंकले एक करोड १८ लाख १२ हजार ८०० कित्ता बोनस सेयर सूचिकृत गराएको हो । त्यस्तै शुक्रबार नै डिप्रोक्स विकास बैंकले नौं लाख दुई हजार ७३३ दशमलव ४५ कित्ता बोनस सेयर सूचिकृत गराएको छ । सगरमाथा फाईनान्सले १२ लाख १६ हजार ४६९ कित्ता बोनस तथा २९ लाख ५४ हजार ३८९ कित्ता हकप्रद गरी कुल ४१ लाख ७० हजार ८५८ कित्ता सेयर सूचिकृत गराएको छ ।

शुक्रबार नै लुम्बिनी फाईनान्स एण्ड लिजिङ्ग कम्पनीले संस्थापक साधारण सेयर अनुपात ५१:४९ कायम गर्न पाँच लाख एक हजार १९८.१८ कित्ता संस्थापक सेयर साधारण सेयरमा परिवर्तन गरेको नेप्सेले जनाएको छ ।

 

 

..मेरो लगानी डटकमको सह-प्रकाशन nepaljournal.com हेरेर प्रतिक्रिया तथा सुझाब दिनुहोला।

comments powered by Disqus

साढे १३ प्रतिशत घट्यो वाणिज्य बैंकहरुको नाफा, १३ बैंकहरुको नाफा घट्दा ७ भने बढाउन सफल

Apr 19, 2024 08:47 AM

वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेका छन्। विवरण अनुसार बैंकहरुको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुनलामा १३.४७ प्रतिशत घटेको छ।