साना कम्पनीको सेयर उचालिएर किन्नेलाई फेरि अर्को झट्का लाग्ने खबर

Jun 10, 2017 Merolagani

पूँजी आधार कमजोर भएका कम्पनीको सेयर हकप्रद आउने भयो भन्दैमा उचालिएर नकिन्नुस भन्दाभन्दै कतिपय लगानीकर्ताहरु मुर्खता गर्दै दिनदिनै मूल्य उचालिएर सेयर किन्छन् र पछि फुर्सदमा पछुताउँछन् भन्ने पटक पटक देखिएकै छ । फेरि यस्तै अर्को खबर आएको छ ।

सर्लाहीको एकजिल्लै सहारा बिकास बैंक(SHBL) आफैले चुक्ता पूँजी पुर्याउन नसक्ने भएपछि काठमाडौमा केन्द्रीय कार्यालय रहेको देव बिकास बैंक(DBBL)सँग बेचिने सम्झौता गरेको छ । देवले सहारालाई किन्ने गरी शुक्रबार राजधानीमा सम्झौता भयो । बिगतमा सहाराको सेयरमा उचालिएर लगानी गर्नेहरुले अब कम्तिमा तीन, चार महिना आराम गर्नुपर्नेछ । 

चालु आर्थिक बर्षको तेस्रो त्रैमासिक बित्तीय बिबरण अनुसार देवको हाल चुक्ता पूँजी एक अर्ब ३८ करोड र सहाराको ६ करोड ७२ लाख रुपैयाँ छ । देवको प्रति सेयर आम्दानी १९ रुपैया र सहाराको २८ रुपैयाँ छ । देबको प्रति सेयेर नेटवर्थ १२५ रपैयाँ र सहाराको ६२ रुपैयाँ मात्र छ । देवले सहारालाई एक बराबर एक भन्दा कम स्वाप रेसियो दिने संभावना ज्यादा छ । सहाराको कोषको लागत झण्डै नौ प्रतिशत हुनु, कारोबारको दायरा सानो हुनु र निस्क्रिय कर्जा अनुपात शंकाष्पद रहनुले पनि उसले धेरै मूल्य पाउदैन भन्ने स्पष्ट छ ।

दोस्रो बजारमा सेयर मूल्य हिसाब गर्ने हो भने सहाराको प्रति कित्ता ४६० र देवको २७० रुपैयाँमा किनबेच हुँदै आएको थियो । देवबाट कम स्वाप पाएको अबस्थामा सहाराका लगानीकर्ताले अरु धेरै घाटा खानुपर्छ जसले बिगतमा सहाराको सेयर मूल्य उचालिएर किनेका थिए ।

पूँजी आधार र अन्य अबस्था राम्रो नभएका, आफैले चुक्ता पूँजी पुर्याउन नसक्ने कम्पनीहरुको सेयर मूल्य उचालिएर किन्न नहुने भन्ने सचेतना आम लगानीकर्ताहरुमा फैलन नसक्दा बिगतमा धेरै कम्पनीहरुमा घाटा खानु परेको छ । हकप्रद किन्न पाईने आशमा लगानीकर्ता लोभिदा रिलायबल डेभ्लपमेन्ट बैंक, सेती फाईनान्स, नमस्ते बित्तीय संस्था, राप्तीभेरी बिकास बैंक जस्ता धेरै कम्पनीमा लगानीकर्ता फसेका थिए ।

जत्ति हकप्रद बेचे पनि आफैले ५० करोड चुक्ता पूँजी पुर्याउनु सहाराका लागि असंभव नै थियो । सहारा बिकास बैंक जनकपुरको जानकी फाईनान्स र सहयोगी बिकास बैंकसँग मर्जमा जाने सम्झौता गरेर पनि मर्ज भाँडिएपछि राष्ट्र बैंकको कारबाहीबाट बच्ने अन्तिम उपाय खोज्दै देवको शरणमा परेको हो । देवले सहारालाई किन्ने निर्णय गरेर एउटा सानो संस्थालाई उद्धार गरी राम्रो काम गरेको छ । बैंक तथा बित्तीय संस्थाको संख्या घटाउने राष्ट्र बैंकको नीतिमा यसबाट सकारात्मक प्रभाव परेको छ तर देव आफै पनि राष्ट्रियस्तरको बिकास बैंकमा टिकेर बस्न सक्छ कि सक्दैन भन्ने आशंका छदैछ ।

सेयर बजारका चलाख लगानीकर्ताले बुझेको कुरा चाँही के हो भने सेयर मूल्य धेरै बढाउन सकिने कम्पनी सहारा जस्तै नै हो । एक, दुई करोड रुपैयाँ बजारमा लगानी गरेर सकेसम्म सेयर मूल्य उचाली खेल गर्नसकिने भएकाले खेलाडीहरुले रोज्ने नै यस्तै कम्पनी हो तर सर्बसाधारण लगानीकर्ता भने नराम्ररी फस्छन् ।

मूल्य उचालिएर साना कम्पनीको सेयर किन्ने लगानीकर्ताहरु लामो समयसम्म पीडामा पर्ने गर्छन । मजए वा एक्विजिशनमा गएपछि यस्ता साना कम्पनीका सेयर धितो राखेर कर्जा लिन्छु भन्दा पनि कतिपय बैंकले कर्जा दिन्नन् । कम्पनी एक्विजिशन वा मर्जमा गएपछि कम्तिमा चार, पाँच महिना सेयर कारोबार बन्द हुन्छ, घाटै खाएर सेयर बेची बाहिर निस्कन्छु भन्दा पनि संभव हुन्न, प्रक्रिया सकिएर कहिले कारोबार खुल्ला भन्दै पर्खनु एउटै मात्र बिकल्प हो ।

त्यसैले पूँजी आधार कमजोर रहेका र आफै टिकिरहन नसक्ने कम्पनीहरुमा लगानी गर्नेहरु बेलैमा सचेत भई सुरक्षित हुनु नै जोखिमबाट बच्ने उत्तम विकल्प हो ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।