गुराँस लाइफको आठ प्रतिशत बोनस सुरक्षित गर्ने आईतबार अन्तिम दिन

Jun 11, 2017 merolagani

गुराँस लाइफ इन्स्योरेन्स कम्पनी (GLICL) ले गत आर्थिक बर्षमा सेयरधनीलाई पूस्ताव गरेको आठ प्रतिशत बोनस सुरक्षित गर्ने आईतबार अन्तिम दिन हो । कम्पनीले असार ९ गते गर्न लागेको साधारणसभाको लागि जेठ २९ गते सोमबारदेखि असार ९ गतेसम्म सेयरधनी किताब बन्द गर्ने निर्णय गरेकाले जेठ २८ गते आईतबारसम्म सेयर किनेका लगानीकर्ताले मात्र प्रस्तावित बोनस प्राप्त गर्नेछन् ।

बीमा समितिले तोकेको पूँजी पुर्याउने क्रममा गुराँस लाइफ इन्स्योरेन्स कम्पनीले दुई बराबर एक अर्थात पचास प्रतिशत हकप्रद बिक्री गर्ने भएको छ । हकप्रदका लागि भने कम्पनीले फेरी अर्काे बुक क्लोज मिति तोक्नेछ । कम्पनीले अहिले गरेको बुकक्लोज भने साधारणसभा र बोनस सेयर प्रयोजनका लागि मात्र हो ।

हाल कम्पनीको चुक्तापूँजी ५५ करोड रुपैयाँ रहेको छ । आठ प्रतिशत बोनसपछि कम्पनीको पूँजी ५९ करोड ४० लाख रुपैयाँ पुग्नेछ ।

त्यसपश्चात ५० प्रतिशत हकप्रद जारी गरेपछि कम्पनीको पूँजी ८९ करोड १० लाख रुपैयाँ पुग्नेछ । बीमा समितिको निर्देशन अनुसार लाइफ इन्स्योरेन्स कम्पनीले ०७५ अषाढसम्ममा दुई अर्ब चुक्तापूँजी पुर्याउनुपर्ने हुन्छ ।

कम्पनीले चालु आर्थिक बर्षको तेस्रो त्रैमाससम्ममा दुई करोड ८८ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यस अवधिमा कम्पनीले कुल बीमा शुल्क तीन अर्ब ८९ करोड उठाएको भने जगेडा कोषमा २१ करोड तथा बीमा कोषमा दुई अर्ब ७७ करोड रुपैयाँ रहेको छ ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।