प्रभावशाली व्यक्तिको संलग्नताले अनौपचारिक क्षेत्रको नियमन कठिन : गर्भनर नेपाल

Jun 11, 2017 Merolagani

‘आर्थिक वृद्धिदर बढाउन सफल भएर नै अन्तर्राष्ट्रिय जगतको बधाई पाएँ’
नेपाल राष्ट्र बैंकका गर्भनर डा. चिरञ्जीवी नेपालले प्रभावशाली व्यक्तिहरुको संलग्नताले अनौपचारिक क्षेत्रको आर्थिक गतिविधि नियमन गर्न कठिन भएको बताएका छन् । साथै उनले आफ्नो कार्यकालमा २३ वर्ष यताको उच्च आर्थिक वृद्धिदर हासिल भएको दाबी समेत गरेका छन् ।

इन्नोभेटिभ डेभलपमेन्ट बैंक र अरनिको डेभलपमेन्ट बैंकलाई गाभेको सेञ्चुरी बैंकको एकीकृत कारोबार सुरुवातको कार्यक्रममा गभर्नर नेपाललले यस्तो बताएका हुन् । उनले पहुँवाला व्यक्तिहरु बैंकिंग क्षेत्रमा रहेका कारण नै यस अघि पूँजी वृद्धिको विषयलाई लिएर बखेडा उत्पन्न गराइएको बताएका थिए ।

आफुलाई फाईदा नपुग्ने निर्णय भए अरुले गरेको कुराहरु नकरात्मक भन्दै विरोध गर्ने प्रवृत्तिका कारण त्यस्ता व्यक्तिहरुले पूँजीवृद्धिको निर्णयको गम्र्भियता नबुझेको उनको जिकिर थियो । जसका कारण आफुले संसदमा पुगेर समेत जवाफ दिनुपरेको गभर्नरले स्मरण गरे ।

राष्ट्र बैंकले स्थानीय राष्टिय स्तर दुबैलाई हेरेर नीति बनाएको भन्दै गर्भनर नेपालले दिर्घकालिन रुपमा नै असर गर्ने गरी नीति ल्याएको स्पष्ट पारे । उनले कृष्णबहादुर मानन्धरको पालामा नै अन्र्तराष्टिय स्तरमा नेपालको बैंकहरुको पूँजी थोरै भएको कुरा उठाएपनि दुई बर्षअगाडि पूँजी वृद्धिको निर्णय आफुले कार्यान्वयन गरेको बताए । उनले धेरै हदसम्म पूँजीवृद्धि गरेर नीतिगत रुपमा सफलता प्राप्त गरेको बताए ।

नेपालले आफ्नो कालमा सबैभन्दा बढि ६.९ प्रतिशत आर्थिक वृद्धिदर कायम गरेको बताउँदै अन्तराष्ट्रिय स्तरबाट समेत आफुले बधाई पाएको बताए । आफ्नो कार्यकालमा आर्थिक कृयाकलाप बढेका कारण आर्थिक वृद्धिदर बढेको उनको भनाई थियो ।

ग्रामीण क्षेत्रका ६० प्रतिशत जनता औपचारिक बैंकिङ्ग क्षेत्रमा आउन नसकिरहेको भन्दै संघियता पछिको नयाँ सम्भावित स्थानमा पुग्न बैंकहरुलाई सुझाव दिए । प्रत्येक स्थानिय तहमा पहिले पुग्ने बैंककलाई सरकारी कामको जिम्मेवारी दिने व्यवस्था भए अनुसार अरु धेरै अवसर नगुमाउन बैंकहरुलाई सुझाव दिएका हुन् ।

बाफिया अनुसार सञ्चालक समिति सानो आकारको बनाउन निर्देशन दिए । राष्ट्र बैंकले बैंकका सञ्चालकहरुलाई पाठ्यक्रम बनाएर नै प्रशिक्षण दिन लागिएको बताए । उनले गलत कार्य गरेमा बाफियाले सञ्चालकलाई समेत आर्कर्षित गर्ने भएकाले जिम्वेवार भएर जनताको निक्षेपको सुरक्षित हुनेगरी कायै गर्न निर्देशन समेत दिए ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।