आठ प्रतिशत बोनस समायोजनपछि कति घट्यो गुँरास लाईफ इन्स्योरेन्सको सेयरमूल्य ?

Jun 12, 2017 merolagani

नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले सोमबार गुँरास लाईफ इन्स्योरेन्सको सेयरमूल्य समायोजन गरेको छ । कम्पनीले गत बर्षको कमाईबाट लगानीकर्तालाई वितरण गरेको आठ प्रतिशत बोनसलाई समायोजन गरी नेप्सेले समायोजित मूल्य निर्धारण गरेको हो ।

नेप्सेले कम्पनीको आईतबारको सेयरमूल्यको तुलनामा ८८ रुपैयाँ घटाएर १०९९ रुपैयाँ समायोजित सेयरमूल्य निर्धारण गरेको हो । कम्पनीको सेयर नेप्सेमा आईतबार ११८७ रुपैयाँमा कारोबार भएको थियो । यसअनुसार इन्स्योरेन्स कम्पनीको सोमबार पहिलो कारोबार १०९९ बाट सुरुवात हुनेछ । गुँरास लाईफ इन्स्योरेन्सको औषत आधार मूल्य भने ७४६ रुपैयाँ रहेको छ । 

इन्स्योरेन्स कम्पनीले असार ९ गते साधारणसभामा आठ प्रतिशत बोनस र ५० प्रतिशत हकप्रद जारी गर्ने लगायतका प्रस्तावहरु लैजाँदैछ ।

हाल कम्पनीको चुक्तापूँजी ५५ करोड रुपैयाँ रहेको छ । आठ प्रतिशत बोनसपछि कम्पनीको पूँजी ५९ करोड ४० लाख रुपैयाँ पुग्नेछ । कम्पनीले बोनसपछि ५० प्रतिशत हकप्रद जारी गर्देछ ।

बोनस पश्चात ५० प्रतिशत हकप्रद जारी गरेपछि कम्पनीको पूँजी ८९ करोड १० लाख रुपैयाँ पुग्नेछ । बीमा समितिको निर्देशन अनुसार लाइफ इन्स्योरेन्स कम्पनीले ०७५ अषाढसम्ममा दुई अर्ब चुक्तापूँजी पुर्याउनुपर्ने हुन्छ ।

कम्पनीले चालु आर्थिक बर्षको तेस्रो त्रैमाससम्ममा दुई करोड ८८ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यस अवधिमा कम्पनीले कुल बीमा शुल्क तीन अर्ब ८९ करोड उठाएको भने जगेडा कोषमा २१ करोड तथा बीमा कोषमा दुई अर्ब ७७ करोड रुपैयाँ रहेको छ ।

 

comments powered by Disqus

साढे १३ प्रतिशत घट्यो वाणिज्य बैंकहरुको नाफा, १३ बैंकहरुको नाफा घट्दा ७ भने बढाउन सफल

Apr 19, 2024 08:47 AM

वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेका छन्। विवरण अनुसार बैंकहरुको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुनलामा १३.४७ प्रतिशत घटेको छ।