डिप्रोक्सको १५ हजार ९६९ कित्ता सेयर लिलामीमा, यहाँबाट गर्नुहोस् आवेदन

Jun 12, 2017 merolagani

डिप्रोक्स लघुवित्त (DDBL) ले हकप्रद जारी गर्दा विक्री नभएको सेयरमा असार ४ गतेदेखि लिलामी खुला  गर्ने भएको छ । कम्पनीले १५ हजार ९६९ दशमलव ६४ कित्ता सेयरमा लिलामी आह्वान गर्न लागेको हो 

डिप्रोक्सले गत चैत ७ गतेदेखि वैशाख २५ गतेसम्म जारी गरेको २५ लाख ७९ हजार २३८ दशमलव ४५ कित्ता हकप्रद सेयर बिक्री खुला गरेको थियो । सो समयमा संस्थापक सेयर सबै विक्री भएपनि सर्वसाधारण समूहको विक्री नभएको १५ हजार ९६९ दशमलव ६४ कित्ता सेयर अहिले लिलामी मार्फत विक्री गर्न लागेको हो ।

डिप्रोक्सको लिलामी सेयर सर्कान चाहने इच्छुक लगानीकर्ता (व्यक्ति,संघसंस्था) ले विक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ नक्सालबाट असार ११ गतेसम्म शिलबन्दी बोलपत्र पेश गर्न सक्नेछन् ।

आवेदन गर्दा न्यूनतम एक सय कित्तादेखि लिलामीमा राखिएको सेयर सबै कित्तासम्मका लागि १० कित्ताको गुणांकमा आवेदन गर्न सक्नेछन् ।

बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ नक्सालको कार्यालमा असार १३ गते दिउँसो ३ बजे बोलपत्र खोलिनेछ । क्यापिटलले सेयर पाउन नसक्ने लगानीकर्तालाई असार १६ गतेदेखि रकम फिर्ता गर्नेछ ।

चुक्ता पूँजी ३४ करोड ८१ लाख रुपैयाँ रहेको लघुवित्तको कम्पनीको प्रतिसेयर आम्दानी ५९ रुपैयाँ ९० पैसा छ भने चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा कम्पनीले २० करोेड ८५ लाख ८१ हजार रुपैयाँ खुद नाफा कमाएको छ । कम्पनीको सेयर सोमबार नेप्सेमा प्रतिकित्ता १४०५ रुपैयाँ हाराहारीमा कारोबार भएको छ ।

comments powered by Disqus

भोलि सार्वजनिक बिदा, शेयर बजार बन्द हुने

Apr 22, 2024 12:59 PM

सरकारले भोलि सार्वजनिक बिदा दिने निर्णय गरेकाे छ । कतारका राजा शेख तमिम बिन हमाद अल थानी मंगलबार अथवा भाेलि नै नेपाल आउने भएकाले सरकारले विदा दिन लागेकाे हाे ।