ग्लोबल आइएमई बैंकमा आस्वा सेवा नि:शुल्क, अनलाइन आवेदन गर्न सकिने

Jun 12, 2017 merolagani

ग्लोबल आइएमई बैंक (GBIME) ले बिभिन्न कम्पनीहरुले निष्काशन गरेको आईपिओ तथा एफपिओमा (एप्लिकेशन सपोर्टेड वाइ ब्लक्ड एमाउन्ट) आस्वा मार्फत शेयर आवेदन सेवा नि:शुल्क बनाएको छ।



बैंकका अनुसार आस्वा प्रणालीबाट ग्राहकहरुले ग्लोबल आइएमई बैंकबाट निःशुल्क र सहज रुपमा बैंकमा रहेको मौज्दात रकम रोक्का गरेर धितोपत्र निष्काशनको लागि आवेदन दिन सक्नेछन् ।

आस्वा प्रणाली मार्फत सेयरमा लगानी गर्दा ग्राहकले सेयरमा लगानी गर्न चाहेको कित्ता बराबरको रकम ग्राहकको खातामा नै रोक्का हुनेछ भने उक्त रकमको ब्याज समेत ग्राहकले प्राप्त गर्नेछन्,बैंकद्धारा जारी विज्ञप्तिमा उल्लेख छ।

यो सेवा बैंकका सवै ९५ शाखाहरुबाट उपलब्ध हुने विज्ञप्तिमा छ । बैंकको मोबाईल बैकिङ्ग एप “ग्लोबल स्मार्ट” र इन्टरनेट बैंकिङ्ग सुविधा “ग्लोबल अनलाईन” सेवाबाट आईपिओ तथा एफपिओको आवेदन दिन सकिने बताइएको छ।

comments powered by Disqus

भोलि सार्वजनिक बिदा, शेयर बजार बन्द हुने

Apr 22, 2024 12:59 PM

सरकारले भोलि सार्वजनिक बिदा दिने निर्णय गरेकाे छ । कतारका राजा शेख तमिम बिन हमाद अल थानी मंगलबार अथवा भाेलि नै नेपाल आउने भएकाले सरकारले विदा दिन लागेकाे हाे ।