एभरेष्ट बैंकले ३३ प्रतिशत हकप्रद जारी गर्न बुक क्लोजको मिति तय गर्यो

Jun 13, 2017 merolagani

एभरेष्ट बैंक (EBL ) ले ३३ प्रतिशत अर्थात तीन बराबर एक अनुपातमा हकप्रद निष्काशन गर्न सेयर धनी दर्ता पुस्तिका बन्द गर्ने मिति तय गरेको छ । बैंकले आगामी असार ७ गते हकप्रद प्रयोजनका लागि सेयरधनी दर्ता बन्द गर्ने जनाएको छ ।



एभरेष्ट बैंकको हकप्रद खरिद गर्न ईच्छुक लगानीकर्ताले आगामी असार ६ गतेसम्म बैंकको सेयर किनीसकेको हुनुपर्नेछ । वा असार ६ गतेसम्म कायम रहेका सेयरधनी मात्र हकप्रद भर्न योग्य हुनेछन ।

बैंकले हाल कायम पूँजीको ३३ दशमलव ३३ प्रतिशतले हुने एक अर्ब ५३ करोड ३१ लाख रुपैंया बराबरको एक करोड ५० लाख ८८ हजार ८७ कित्ता हकप्रद जारी गर्देछ ।

बैंकको गत पुस २३ गते बसेको वार्षिक साधारण सभाले ३३.३३ प्रतिशत हकप्रद जारी गर्ने प्रस्ताव पारित गरेको थियो ।

बैकको सेयर निष्काशनमा एनआईएल क्यापिटल रहेको छ ।

तेस्रो त्रैमाससम्ममा बैंकको चुक्ता पूँजी चार अर्ब ६० करोड ६४ लाख रुपैंयाँ रहेको छ । हकप्रदपछि बैंकको चुक्ता पूँजी छ अर्ब ११ करोड ५२ लाख रुपैयाँ नाध्नेछ ।

केही दिन अगाडि मात्रै बैंकले विशेष साधारणसभा मार्फत मर्ज तथा एक्विजिसनमा जाने प्रस्ताव पारित गरेको छ ।

बैंकले हाल कम्पनीको ७० प्रतिशत संस्थापक सेयर रहेकोमा त्यसको १९ प्रतिशतलाई साधारणमा परिवर्तन गरी संस्थापकको ५१ र सर्बसाधारणको ४९ प्रतिशत हिस्सा कायम गर्ने प्रस्ताब पनि पारित गरेको छ ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।