हकप्रद बिक्री गर्न स्वीकृति पाउनेको भीडमा थपियो हिमालयन जनरल

Jun 13, 2017 Merolagani

आर्थिक बर्षको अन्तिम महिना लाग्नै थाल्दा धितोपत्र बोर्डबाट हकप्रद बिक्री गर्न अनुमति पाउने कम्पनीको भीडमा हिमालयन जनरल ईन्स्योरेन्स(HGI) पनि थपिएको छ ।

हिमालयन जनरलले हाल कायम चुक्ता पूँजीको १ बराबर १.६६ प्रतिशतले हुने ६४ लाख २० हजार कित्ता हकप्रद बिक्री गर्न स्वीकृति पाएको हो ।

 

कम्पनीको हाल चुक्ता पूँजी ३८ करोड रहेकोमा हकप्रद बिक्री गरेपछि एक अर्ब २ करोड नाघ्ने छ । हकप्रद बिक्रीमा आउने भयो भन्दैमा उचालिएर सेयर किन्नु नहुने जानकारहरु बताउँछन् ।

चार अर्ब ३७ करोड दावी भुक्तानी गर्न बाँकी रहेको कम्पनीले यस आर्थिक बर्षको तेस्रो त्रैमाससम्म १२ करोड खुद नाफा गरेको छ ।

यस कम्पनीको हकप्रद निश्काशन तथा बिक्री प्रबन्धकमा एनएमबी क्यापिटल रहेको छ । 

प्रभु बैंक, मक्तिनाथ बिकास बैंक, लुम्बिनी जनरल ईन्स्योरेन्सलगायतका कम्पनीहरु हकप्रद बिक्री गर्न बोर्डको स्वीकृतिको पखाईमा रहेका छन् । सिभिल, मेगा, एनसीसी लगायतका बैंकहरु हकप्रदका लागि धितोपत्र बोर्ड जानै बाँकी छ ।

नियमनकारी निकायबाट तोकिएको चुक्ता पूँजी कायम गर्नुपर्ने भएकाले बैंक तथा बित्तीय संस्थाहरु त चर्को दबाबमा छन् नै, बीमा कम्पनीहरुलाई पनि पूँजी बढाउने उत्तिकै चटारो छ ।

डेढ महिना अघि ३३.३३ प्रतिशत हकप्रदको स्वीकृति पाएको एभरेष्टले बल्ल हकप्रद बिक्री गर्न सेयरधनी दर्ता किताब बन्दको सूचना निकालेको छ ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।