यस्ता कम्पनीको सेयर उचालिएर किन्नेहरु नडुबे को डुब्छ ?

Jun 14, 2017 Merolagani

तिलक कोइराला

सेयर बजारमा सुरक्षित लगानी गर्नुपर्छ भन्नु कुनै अर्ति उपदेश हैन, लगानीकर्ताले हरदम ख्याल गर्नुपर्ने कुरा हो । तर यस्ता पनि लगानीकर्ता सेयर बजारमा हुन्छन्, जसले कम्पनीको आधारभुत अबस्था नै नबुझी दिनदिनै मुल्य उचालिएर सेयर किन्छन् र वास्तविकता थाहा पाएर मूल्य घटेपछि धैर्यतापूर्वक पश्चाताप गरिरहन्छन् ।

वल्र्ड मर्चेन्ट बैंकिड. एण्ड फाईनान्सको सेयर कारोबार प्रबृत्ति शंकाष्पद

वल्र्ड मर्चेन्ट बैंकिड. एण्ड फाईनान्स(WMBF)को सेयर कारोबार लामो समयपछि सेयर बजारमा खुलेको छ र त्यस कम्पनीको सेयर किन्न लगानीकर्ताहरु तछाड मछाड गरिरहेका छन् । दिनदिनै त्यो कम्पनीको सेयर मूल्य झण्डै १० प्रतिशतले बढिरहेको छ ।

जेठ २२ गते प्रति कित्ता ९० रुपैयाँमा कारोबार खुलेको त्यस कम्पनीको सेयर मूल्य जेठ ३० गतेसम्म आईपुग्दा प्रतिकित्ता १६३ रुपैयाँ पुगेको छ । अहिले सेयर कारोबारको अबस्था हेर्दा १४ नम्बर सेयर दलालले मात्र सेयर बेचेको र अरु फरक फरक दलालहरुबाट किनिएको देखिएको छ ।

सेयर मूल्य बढ्दै जाँदा कारोबारमा आएका सेयर संख्या घट्दै गएको देखिन्छ र १०, १० कित्ताले मूल्य उचालिएको छ । सेयर बजार घटेर अरु कम्पनीको सेयर मुल्यमा भारी गिरावट आए पनि त्यस कम्पनीको मूल्य भने दैनिक रुपमा अधिकतम बढेर उकालो लाग्दै गर्दा आम लगानीकर्ता झन् आाकर्षित हुनसक्छन् । १८ करोड चुक्ता पूँजी रहेको कम्पनीको १० प्रतिशत सेयर अभौतिक भएको अबस्थामा कारोबार खुल्दा केही सिमित लगानीकर्ताले नियोजित रुपमा मूल्य उचालेर सोझा लगानीकर्तालाई फसाउने संभावना बढेको छ । तर कम्पनीको बित्तीय अबस्था कस्तो छ ? संभवतः धेरैलाई थाहा छैन ।

कस्तो कम्पनी हो त वल्र्ड मर्चेन्ट ?

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको पछिल्लो तथ्यांक अनुसार हेटौडामा मुख्य कार्यालय रहने गरी २०५८ साल साउन २६ गते देशको ४९ औं बित्तीय संस्थाको रुपमा संचालन स्वीकृति पाएको राष्ट्रियस्तरको वल्र्ड मर्चेन्टको चुक्ता पूँजी १८ करोड २० लाख रुपैयाँ रहेको छ । उसको मुख्य कार्यालय हेटौडा र शाखा कार्यालय काठमाडौको पुतलीसडकमा रहेको देखिन्छ । कम्पनीको बारेमा जानकारी दिने उसको कुनै वेभसाईट छैन ।

राष्ट्र बैंकको कारबाहीमै छ संस्था

नेपाल राष्ट्र बैंकले २०७० साल बैसाख ५ गते समस्याग्रस्त घोषणा गरेको वल्र्ड मर्चेन्टलाई त्यो सूचीबाट अझै हटाएको छैन । पहिले भए राष्ट्र बैंकले यस्ता संस्थालाई लिक्विडेशनमा लैजाने घोषणा गरिसक्थ्यो तर लिक्विडेशनको प्रक्रिया अनन्त कालसम्म चलिरहने र त्यसबाट उम्किन नसकिने पाठ उसले सिकेकाले वल्र्ड मर्चेन्ट बिघटनमा गएन । बरु नयाँ लगानीकर्ता खोजेर जिम्मा लगाउने वा अरुसँग मिसाईदिने तर बिघटनमा चाँही कुनै संस्थालाई नलैजाने नीति राष्ट्र बैंकले पछिल्ला दिनहरुमा लिएको देखिन्छ ।

लामो समयसम्म संकटग्रस्त संस्थालाई अगाडि बढाउन नयाँ लगानीकर्ताहरु आए र हकप्रद बिक्री गरेर चुक्ता पूँजी ८० करोड पुर्याउने योजना राष्ट्र बैंकबाट स्वीकृत भएको हो भने पनि यसरी उचालिनु घातक छ । नयाँ संस्थाई अगाडि बढाउन सजिलो हुन्छ, बिग्रे भत्केर क्रोनिक भएका संस्थाले छिट्टै प्रगतिको फड्को मार्छ भन्न सकिन्न । अहिलेसम्म कुनै लाभांश खुवाएको रेकर्ड नभेटिएको संस्थाको धेरै हकप्रद किन्ने लोभमा लगानीकर्ताले उचालिएर दोस्रो बजारबाट सेयर किन्नु त सिधै फस्नु हो ।  बिघटनमै जाने खालको संस्थालाई अरुले किन्दा पनि कत्तिमा किन्लान् ? निकै सोचनीय बिषय छ । 

लामो समयसम्म संकटग्रस्त बनेको संस्थाले चमत्कारिक प्रगति गरेको बिबरण सार्वजनिक गरेर आम लगानीकर्ताको ध्यान तानेको अबस्थामा पनि तथ्य विश्लेषण गरी लगानीको निर्णय गर्नु अति जरुरी छ । राम्रा देखिने कतिपय बित्तीय संस्थाहरुले निकाल्ने बित्तीय बिबरण र दावीहरु सबै सही नै हुन्छन् भन्न सकिन्न । झन् डुबेर गुमनाम भएको संस्थाले त्यस्तो दावी गर्यो भने त पत्याउने कुरै हुन्न ।

प्रोगेसिभले समेत पत्याएन ?

लामो समयसम्म संकटग्रस्त अबस्था ब्यहोरेको अर्को संकटग्रस्त संस्था प्रोगेसिभ फाईनान्ससँग वल्र्ड मर्चेन्ट बेचिने सम्झौता गरे पनि पछि रहस्यमय तरिकाले सम्झौता भाँडिएको थियो । कम्पनीले प्रकाशित गरेको बित्तीय बिबरण कही कतै पढ्न नपाईने हुँदा अबस्था कस्तो छ भनेर सर्बसाधारणले यकिन गर्न सकिने अबस्था छैन । संस्थाका संचालकहरु को हुन् र प्रमुख कार्यकारी कस्ता ब्यक्ति छन् भन्नेसम्म सार्वजनिक जानकारीमा आएको छैन । लगानीकर्ताहरु के आधारमा उचालिएर सेयर किन्दैछन् ? निकै संदेहपूर्ण अबस्था छ ।

कहालीलाग्दो बित्तीय अबस्था

नेपाल राष्ट्र बैंकको संमस्याग्रस्त बित्तीय संस्था रिजुलुशन बिभागले तयार पारेको २०७३ चैत्रको बिबरणमा वल्र्ड मर्चेन्टको बित्तीय अबस्था कहालीलाग्दो देखिन्छ ।


११ करोड निक्षेप भएको संस्थाको २४ करोड कर्जा परिचालन भएको छ भने शत प्रतिशत कर्जा नै खराब कर्जामा परिणत भएको छ । उसको पूँजी कोष २१.९८ प्रतिशतले नकारात्मक छ ।

अब भन्नुस, यस्तो कम्पनीको सेयर उचालिएर किन्ने लगानीकर्ता नडुबे को डुब्छ ?

सेयर बजारमा खराब कम्पनीको यस्तो अस्वभाविक कारोबार गर्नेहरुमागि धितोपत्र बोर्ड र नेप्सेले कारबाही गरेर सर्बसाधारणको हित रक्षा गर्नुपर्छ कि पर्दैन ? 

अनि, सेयर बजारमा खराब कम्पनीको यस्तो अस्वभाविक कारोबार गर्नेहरुमागि धितोपत्र बोर्ड र नेप्सेले कारबाही गरेर सर्बसाधारणको हित रक्षा गर्नुपर्छ कि पर्दैन ? 

फोटोः अगाडिको फोटो fool.com बाट लिईरहेको हो । 

 

 

 

 

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।