हकप्रद भर्न छुट्यो कि ? आजसम्ममा हकप्रद भर्नुपर्ने तीन तथा सुरक्षित गर्नु पर्ने एक कम्पनी चिन्नुहोस् (आवेदन फारमसहित)

Jun 14, 2017 Merolagani

ज्योति विकास बैंक, फर्स्ट माइक्रोफाइनान्स र सिद्धार्थ इन्स्योरेन्सको हकप्रद सेयरमा आवेदन गर्ने आज अन्तिम दिन हो । उता ३० प्रतिशत हकप्रद निष्काशन गर्न लागेको कञ्चन डेभलपमेण्ट बैंकको पनि हकप्रद सुरक्षित गर्ने पनि आजै अन्तिम दिन हो ।

अहिले ज्योति विकास बैंकले एक बराबर एक अनुपातमा हकप्रद सेयर निष्काशन गरिरहेको छ । त्यसै गरी फर्स्ट माइक्रोफाइनान्सले ५० प्रतिशत तथा सिद्धार्थ इन्स्योरेन्सले प्रति ५.२ कित्ता बराबर एक कित्ता हकप्रद सेयर निष्काशन गरिरहेका छन् । तीनवटै कम्पनीको हकप्रद निष्काशन आजबाट बन्द हुँदैछ । तपाईसँग यी कम्पनीको सेयर छ भने हकप्रद भर्न नछुटाउनुहोस् ।

ज्योती विकास बैंकको हकप्रद विबरण थाहा पाउन यो लिंकमा जानु होस् । त्यसै गरी ज्योति विकास बैंकको हकप्रदको आवेदन फारम यहाँबाट डाउनलोड गर्न सकिन्छ ।

फर्स्ट माइक्रोफाइनान्सको हकप्रदको विबरण यहाँबाट थाहा पाउनु होस् । माइक्रोफाइनान्सको हकप्रदको आवेदन फारम यहाँबाट डाउनलोड गर्न सकिन्छ ।

सिद्धार्थ इन्स्योरेन्सको हकप्रदको आवेदन फारम यहाँ उपलब्ध छ ।

उता कञ्चन डेभलपमेन्ट बैंकले बिहीबारदेखि सेयरधनी पुस्तिका बन्द गर्दैछ । बैंकले हाल कायम चुक्ता पूँजीको ३० प्रतिशत हकप्रद निष्काशन गर्नका लागि असार एक गते बिहीबार सेयरधनी पुस्तिका बन्द गर्न लागेको हो ।
बैंकको हकप्रद सुरक्षित गर्न चाहनेले बुधबार नै सेयर खरिद गर्नु पर्ने हुन्छ ।

बिहीबार बैंकको हकप्रद मूल्य समायोजन हुनेछ । बिहीबार पछि बैंकको सेयर खरिद गर्नेले हकप्रद भर्न पाउने छैनन् ।

कञ्चनपुरमा केन्द्रिय कार्यालय रहेको बैंकको चुक्ता पूँजी ३४ करोड ६५ लाख रुपैयाँ रहेको छ । हकप्रद बिक्रीपछि बैंकको चुक्ता पूँजी ४५ करोड चार लाख रुपैयाँ पुग्नेछ । राष्ट बैंकले तोकेको पूँजी पुर्याउन बैंकले थप चार करोड ९६ लाख रुपैयाँ पूँजी बिस्तार गर्नु पर्ने हुन्छ ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।