सिटिजन्स, एनआईसी एशिया र प्रभु इन्स्योरेन्सको सेयर लिलाममा किन्ने अबसर

Jun 14, 2017 Merolagani

सिटिजन्स बैंक (CZBIL), एनआईसी एशिया बैंक (NICA) र प्रभु इन्स्योरेन्स (PRIN) ले हकप्रदमा नबिकेको संस्थापक तथा साधारण सेयर लिलाममा किन्ने अबसर आएको छ । 

 

 

सिटिजन्स बैंकले झण्डै सवा छ लाख कित्ता सेयर लिलाममा आएको छ भने एनआईसी एशियाले झण्डै तीन लाख कित्ता र प्रभु इन्स्योरेन्सले ४८ हजार कित्ता सेयर लिलाम गर्दैछन् । 

एनआईसी एशिया बैंकले दुई लाख ९८ हजार पाँच सय ३६ कित्ता साधारण सेयर असार एक गतेदेखि बोलकबोलमा राख्ने भएको हो ।

बैंकले गत चैत १६ देखि बैशाख १९ गतेसम्म विक्री गरेको १५ प्रतिशत हकप्रदको सबै सेयरमा आवेदन नपरेपछि लिलामीबाट बिक्री गर्न लागेको हो । बैंकको सेयरमा आवेदन गर्ने इच्छुक लगानीकर्ताले कम्तीमा एक सय कित्ता सेयरका लागि आवेदन गर्नु पर्ने हुन्छ ।

असार आठ गतेसम्म लगानीकर्ताले सेयरमा बोलकबोलमा सहभागि हुन सक्ने बताइएको छ । आवेदकले अनामनगरस्थित एनआईसी एशिया क्यापिटलमा  आवेदन गर्न सक्नेछन् ।  बोलपत्र  बिहीबार साढे एक बजे क्यापिटलको कार्यालयमा खोलिनेछ ।

त्यसै गरि प्रभु इन्स्योरेन्सले ४८ हजार १२२ कित्ता सेयर लिलामीमा राखेको छ । कम्पनीले गत चैतमा निष्काशन गरेको हकप्रद सेयरमा बिक्री नभएको संस्थापक तथा साधारण सेयर लिलामीमा राखेको हो ।

इन्स्योरेन्सले संस्थापक समूहको ५ हजार ३३४ कित्ता र सर्वसाधारण समूहको ४२ हजार ७ सय ८८ कित्ता सेयर प्रतिकित्ता १००  मूल्यमा लिलामीमा राखेको हो । लिलाममीको सेयर खरिद गर्न चाहने लगानीकर्ताले असार ७ गतेसम्ममा शिलबन्दी आवेदन बुझाउनुपर्नेछ । असार ८ गते सेयर बाँडफाँड हुने कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटले जनाएको छ ।

उता सिटिजन्स बैंकले संस्थापक समूहतर्फको एक लाख ९९ हजार तीन सय १३ कित्ता र सर्वसाधारण समूहतर्फको चार लाख २० हजार चार सय ९० कित्ता सेयर असार १५ गतेदेखि लिलामीबाट बिक्री गर्दैछ ।

  लिलाम सकार्न खोज्नेले असार २१ गतेसम्म सानिमा क्यापिटलमा आवेदन दिनु पर्ने हुन्छ । बोलपत्र असार २२ गते साढे तीन बजे सानिमा क्यापिटलको कार्यालय नक्सालमा खोलिने छ ।

यी कम्पनीहरुको सेयर लिलाम सकार्न खोज्नेले बजार मूल्य भन्दा कममा आबेदन गर्नु उचित हुने देखिन्छ । यसअघिका कयौं लिलामहरुमा कतिपय लगानीकर्ताले बजार मूल्य भन्दा महंगोमा सेयर लिलाम सकारेर घाटा खाएको पनि देखिन्छ । 

 

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।