ग्लोबल आईएमई र माउन्ट मकालुको बोनस नेप्सेमा सुचिकृत, खातामा कहिले आउँछ ?

Jun 14, 2017 Merolagani

 नेपाल स्टक एक्सचेञ्जमा बुधबार ९९ लाख कित्ता बोनस सेयर सुचिकृत भएको छ । ग्लोबल आईएमई बैंक र माउण्ट मकालु डेभलपमेण्ट बैंकले गत आर्थिक वर्षको खुद नाफाबाट वितरण गरेको बोनस सेयर कारेबारका लागि नेप्सेमा सुचिकरण भएका हुन् ।

नेपाल स्टक एक्सचेञ्जले दिएको जानकारी अनुसार ग्लोबल आईएमई बैंकले ९८ लाख ६२ हजार ८२६.०६ कित्ता सेयर सुचिकरण गराएको हो । त्यसै गरि माउण्ट मकालु डेभलपमेण्ट बैंकले ४१ हजार छ सय कित्ता सेयर कारोबारका लागि नेप्सेमा सुचिकरण गराएको छ ।

यी सेयरहरु सीडीएससी एण्ड क्लियरिड. लिमिटेडमा समेत सुचिकृत भएपछि लगानीकर्ताको हितग्राही खातामा आउन केही दिन लाग्नेछ । 

उता महाकाली विकास बैंकले सेयर संरचना परिवर्तन गरेको छ । बैंकले संस्थाक र सर्वसाधारण सेयरधनीको अनुपात ५१ः४९ बनाउनका लागि एक लाख २० हजार ५८६.२८ कित्ता संस्थापक सेयरलाई साधारण सेयरमा रुपान्तरण गरेको हो ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।