आईसीएफसीले समेत निशुल्क गर्यो आश्वा, मुद्धती ब्याजदरमा बढोत्तरी

Jun 14, 2017 Merolagani

आईसीएफसी फाइनान्स (ICFC)ले आस्बाबाट साधारण सेयरको आवेदन निशुल्क संकलन गर्ने भएको छ । अनलाइन आस्बाबाट समेत सेयर आवेदन संकलन गर्ने जनाएको फाइनान्सले बुधबारदेखि लागू हुने गरी आस्बा निशुल्क बनाएको हो ।

बिहीबारदेखिे हिमालयन पावर पार्टनर कम्पनीले निष्काशन गर्न लागेको साधारण सेयरमा समेत फाइनान्समा खाता भएका सेवाग्राहीले निशुल्क सेयर आवेदन गर्न पाउने छन् ।

साथै फाइनान्सले मुद्धती खाताको व्याजदर पनि बढाएको छ । फाइनान्सले एक वर्षे मुद्धती खातामा  एकमुष्ठ व्याज लिंदा १३ दशमलव २५ प्रतिशत व्याज दिने भएको छ ।  त्रैमासिक रुपमा उक्त खाताको व्याज संकलन गर्नेलाई १३ प्रतिशतका दरले व्याज उपलब्ध गराउने जनाएको छ । 

 

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।