इन्भेष्टमेण्ट बैंकको शाखा दिपायलको पिपप्लाबजार र मंगलशेनको क्याम्पसचौरमा पनि

Jun 15, 2017 merolagani

नेपाल इन्भेष्टमेण्ट बैंक (NIB) ले डोटीको दिपायल र अछामको मंगलसेनमा दुईवटा शाखा र दैलेखको डाबमा एक्स्टेन्सन काउन्टरबाट बैंकिङ कारोबार सुभारम्भ गरेको छ । यूके एडद्वारा संचालित सक्षम –एक्सेस टु फाइनान्सको सहयोगमा बैंकले शाखा विस्तार गरेको हो ।

दिपायलको पिपप्लाबजार र मंगलशेनको क्याम्पसचौरमा विस्तारीत शाखा असार १ गतेदेखि संचालनमा आएको बैंकले जनाएको छ । साथै बैंकले डाबस्थित माथिल्लो कर्णाली जलविद्युत आयोजनाको कार्यालय रहेको स्थानमा एक्स्टेन्सन काउन्टर समेत खोलेको छ ।

स्थानीय जनतामा वित्तिय पहुँच पु¥याई आर्थिक कारोबार गर्न सहजता प्रदान गर्ने उदेश्यले शाखा विस्तार गरिएको बैंकको भनाई छ । शाखा विस्तारपछि साना उद्योग तथा कृषि व्यवसाय संचालन लगायतमा आर्थिक कारोबार गर्न स्थानीयबासीलाई सहजता हुने छ ।

८ अर्ब ७४ करोड चुक्ता पूंजी रहेको बैंकले एक खर्ब १९ अर्ब निक्षेप संकलन गरेरएक खर्ब २ अर्ब लगानी गरेको छ । बैंकले २०७३ चैत मसान्तसम्ममा २ अर्ब ३७ करोड मुनाफा गरेको छ ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।