एभरेष्ट बैंकको तीन बराबर एक कित्ता हकप्रद असार १८ देखि

Jun 16, 2017 Merolagani

एभरेष्ट बैंक (EBL) ले हाल कायम चुक्ता पूँजीको ३३.३३ प्रतिशत हकप्रद यहि असार १८ गतेदेखि निष्काशन गर्ने भएको छ । बैंकको सेयर निष्काशन तथा बिक्री प्रबन्धक एनआईबीएल क्यापिटल रहेको छ । बैंकको हकप्रदमा लगानीकर्ताले साउन २२ गतेसम्ममा आवेदन गरिसक्नु पर्छ ।

बैंकले हकप्रद प्रयोजनका लागि यहि असार छ गते सेयरधनी पुस्तिका बन्द गर्दैछ । असार पाँच गतेसम्म सेयर किनेका लगानीकर्ताले बैंकको हकप्रदमा आवेदन गर्न पाउने छन् ।

बैंकको सेयर निष्काशन तथा बिक्री प्रबन्धक एनआईबिएल क्यापिटल रहेको छ । एभरेष्ट बैंकका सेयरधनीले एनआईबिएल क्यापिटल लाजिम्पाट तथा एभरेष्ट बैंकका सबै शाखाहरुबाट हकप्रदमा आवेदन गर्न सक्ने छन् ।

हाल चार अर्ब ५२ करोड ६४ लाख २६ हजार रुपैंया चुक्ता पूँजी रहेको बैंकको हकप्रद निष्काशन पश्चात चुक्ता पूँजी छ अर्ब तीन करोड ५० लाख ८४ हजार रुपैंया पुग्नेछ । बैंकले राष्ट्र बैंकको निर्देशन अनुसार थप एक अर्ब ९६ करोड ५० लाख रुपैंया पूँजी थप गर्नु पर्ने हुन्छ ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।