कुमारी बैंकले चार संस्थालाई गाभेर एकीकृत कारोबार सुरु गर्दै, कसरी पुर्याउँछ आठ अर्ब पूँजी ?

Jun 16, 2017 Merolagani

कुमारी बैंक (KBL) ले तीन विकास बैंक र एउटा फाइनान्स कम्पनीलाई आफुमा विलय गरेर असार १२ गतेदेखि एकीकृत बैंकिंग कारोबार सुरु गर्ने भएको छ । काष्ठमण्डप डेभलपमेन्ट बैंक, पश्चिमाञ्चल फाइनान्स, महाकाली विकास बैंक र काँक्रेविहार विकास बैंकलाई आफुमा गाभेर एकीकृत कारोबार सुरु गर्न लागेको हो ।

‘कुमारी बैंक लिमिटेड’को नामबाट एकीकृत कारोबार सुरु गर्न लागिएको कुमारी बैंकले जनाएको छ । गत जेठ १७ गते नेपाल राष्ट्र बैंकबाट विलयको अन्तिम स्वीकृति पाएको बैंकले कम्पनी रजिष्ट्रारको कार्यालयबाट असार एक गते स्वीकृति पाएको थियो । विलय पुरा भए पछि कुमारी बैंकको दरबारमार्गमा रहेको स्थानमा नै मुख्य कार्यालय रहने बताइएको छ ।

५० प्रतिशत हकप्रद, गत आर्थिक वर्षको बोनस र विलय पश्चात कुमारी बैंकको चुक्ता पूँजी पाँच अर्ब ९७ करोड रुपैंया पुगेको छ । गत चैत नौ गते सम्पन्न साधारण सभाले उल्लेखित चुक्ता पूँजी तयार गरी एक अर्ब १९ करोड रुपैंया बराबरको हकप्रद निष्काशन गर्ने प्रस्ताव पारित गरिसकेको छ । उक्त हकप्रद निष्काशन पश्श्चात बैंकको चुक्ता पूँजी सात अर्ब १६ करोड रुपैंया नाघ्ने छ । राष्ट्र बैंकले तोकेको पूँजी पुर्याउन बैंकले झण्डैं ८४ करोड रुपैंया बराबरको पूँजी थप गर्नु पर्छ ।

गत चैत मसान्तसम्ममा बैंकको चुक्ता पूँजी तीन अर्ब २६ करोड ६० लाख रुपैंया हाराहारीमा थियो ।
नेपाल धितोपत्र बोर्डले गरेको पछिल्लो व्यवस्था अनुसार कुमारीले आफुमा विलय भएका अन्य संस्थाको सेयर कारोबार असार २८ गतेसम्ममा खुलाई सक्नु पर्छ ।

comments powered by Disqus

साढे १३ प्रतिशत घट्यो वाणिज्य बैंकहरुको नाफा, १३ बैंकहरुको नाफा घट्दा ७ भने बढाउन सफल

Apr 19, 2024 08:47 AM

वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेका छन्। विवरण अनुसार बैंकहरुको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुनलामा १३.४७ प्रतिशत घटेको छ।