एशियन लाइफ हकप्रद अनुमति माग्दै पुग्यो धितोपत्र बोर्ड, लुम्बिनी जनरललाई अनुमति

Jun 16, 2017 Merolagani

५० प्रतिशत हकप्रद निष्काशनको अनुमति माग्दै एशियन लाइफ इन्स्योरेन्स (ALICL) धितोपत्र बोर्ड पुगेको छ । त्यसै गरि बोर्डले लुम्बिनी जनरल इन्स्योरेन्स (LGIL) लाई शतप्रतिशत हकप्रद निष्काशनको अनुमति दिएको छ ।

बीमा समितिले बीमा कम्पनीको चुक्ता पूँजी चार गुणाले बढाउने निर्णय गरेसँगै पूँजी वृद्धिको चटारोमा रहेका बीमा कम्पनीहरु हकप्रद निष्काशनका लागि धितोपत्र बोर्ड चाहार्न थालेका हुन् । यस क्रममा एशियन लाइफ इन्स्योरेन्स हाल कायम चुक्ता पूँजीको ५० प्रतिशत हकप्रद अनुमति माग्दै धितोपत्र बोर्ड पुगेको हो ।

गत आर्थिक वर्षको कमाईबाट २० प्रतिशत बोनस बितरण गरि चुक्ता ८० करोड ५५ लाख रुपैंया पुर्याएको इन्स्योरेन्सले ४० करोड २७ लाख रुपैंयाको हकप्रद अनुमति मागेको हो । उक्त हकप्रद निष्काशन पश्चिात कम्पनीको चुक्ता पूँजी एक अर्ब २० करोड ८३ लाख रुपैंया पुग्नेछ ।

जीवन बीमा कम्पनीका लागि तोकिएको पूँजी दुई अर्ब रुपैंया पुर्याउन कम्पनीले थप सवा ७९ करोड रुपैंया पूँजी बिस्तार गर्नु पर्ने हुन्छ ।

उता लुम्बिनी जनरल इन्स्योरेन्सले धितोपत्र बोर्डबाट शतप्रतिशत हकप्रद निष्काशन गर्न स्वीकृति पाएको छ । बोर्डले इन्स्योरेन्स कम्पनीलाई ३९ करोड रुपैंयाको हकप्रद निष्काशनको अनुमति दिएको हो । हाल ३९ करोड रुपैंया चुक्ता पूँजी रहेको इन्सयेरेन्सको हकप्रद निष्काशन पश्चात चुक्ता पूँजी ७८ करोड रुपैंया पुग्नेछ ।

बीमा समितिले तोकेको निर्जीवन बीमा कम्पनीको चुक्ता पूँजी एक अर्ब रुपैंया पुर्याउन कम्पनीले २२ करोड रुपैंया पूँजी थप गर्नु पर्ने हुन्छ ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।