कैलाश विकास बैंकको बोनस सेयर डिम्याट खातामा आएन ? यस्तो गर्नु होस्

Jun 17, 2017 Merolagani

कैलाश विकास बैंकले गत आर्थिक वर्षको कमाईबाट आफ्ना सेयरधनीलाई बितरण गरेको २५ प्रतिशत बोनस सेयर केही लगानीकर्ताले अझै डिम्याट खातामा पाएका छैनन् । मेट्रो डेभलपमेण्ट बैंक र नेपाल एक्सप्रेस फाइनान्ससँग मर्जर पुरा गरेको बैंकको मर्जर पछि सेयर किनेका लगानीकर्ताले बोनस सेयर डिम्याट खातामा नपाएका हुन् ।

२०७३ साल जेठ १७ गते पछि सेयर किनेका लगानीकर्ताले पूँजीगत लाभकर तिरे पछि मात्र डिम्याट खातामा बोनस सेयर पाउने छन् । यसका लागि बैंकले कैलाश विकास बैंकमा रहेको खाता नम्बर ९२०९०१३२१ मा पूँजीगत लाभकर वापतको पाँच प्रतिशत रकम जम्मा गरि सोको भौचर बैंकलाई उपलब्ध गराउन भनेको छ ।
पूँजीगत लाभकरको विबरण कैलाश विकास बैंकका कुनै पनि शाखाबाट लिन सकिने बैंकले जनाएको छ ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।