मानिसहरु जतापटि फर्केर लाईनमा बसेका छन, न त्यहाँ पसल छ, न कुनै सरकारी कार्यलय नै । नयाँ मान्छे यसै चकित पर्छन र सोध्छन यो लाईन के को हो ?
नेपाल जर्नल सम्बाददाता आईतवार खरिबोट पुग्दा मानिसहरु लाईनमा त्यसैगरी उभिई रहेका थिए । उनीहरुको लाईन कुनै झ्याल वा कार्यालयको ढोकातर्फ फर्किएको पनि थिएन । लाईन बसेका मान्छेको हातमा कुनै कागज पत्र पनि थिएन ।
केहीबेरमा एउटा माईक्रो बस चोकमा आई पुग्यो । माइक्रोले ल्याएका मान्छे सुरैसंग ओराल्यो र लाईनमा बसेका मानिसहरु बिस्तारै माईक्रो चढे । माइक्रो बस भरियो अनि माईक्रो बस जुन बाटो आएको थियो त्यतै फर्कियो । बाँकी मान्छेहरु लाईन मै उभिईरहे ।
बिहानको १० बजे सबै मानिसहरुलाई कार्यालय र अन्य कामकाल ागि आ आफ्नै हतारो हुन्छ । रत्नपार्क, जमल, पुरानो बसपार्क, त्रिपुरेश्वर, कलंकी, चाबहिल, कपन लगायतका क्षेत्रमा त बिहान बेलुकी गाँडी चढ्न कुस्ती नै खेल्नु पर्छ ।
जसरी पनि निम्सरालाई धकेलेर आफु अगाडि गाडी चढौँ भन्ने मानिसहरु धकेला धकेल गर्दै हुन्छन् । तर खरिबोटमा स्थानीयले बसालेको यो नियम प्रशंसनीय छ । कसैले कसैलाई धकेल्नु पर्दैन । सबैले आफ्नो पालोमा गाडी चढ्ने हो । जरुरी कामले निकै हत्तार भएका, बिरामी र अशक्तले आपसी सल्लाहमा अगाडि पालो लिन सक्छन । तर कसैले बदमासी गरेर लाईन मिच्न भने पाउँदैन ।
खरिबोटमा माईक्रो बस चढ्न कुनै सुचना बोर्ड छैन । यसरी लाईनमा बस भन्ने प्रहरी वा ट्राफीक प्रहरी पनि छैन तर नियम आदर्शपूर्वक पालना गरिएको छ ।
स्थानीय नानीमैयाँ गजुरेलका अनुसार करीब ४ महिना अघिदेखि खरिवोटमा यात्रुहरु आफैले लाईनमा बसेर गाडी चढ्ने नियम बसालेका हुन । यस क्षेत्रमा माईक्रो बस सेवा प्रदान गर्दै आएको बालाजु माइक्रोबस समितिका पदाधिकारी पनि खरिवोटमा यात्रुहरुले बसाएको नियमबाट खुसी छन । अझ धेरै खुसी त त्यो रुटमा चल्ने बसका चालक र सहचाकल छन, जस्ले अन्त जस्तो धकेला धकेल र यात्रुका गाली खेप्नु पर्दैन ।
यस्तै कामलाई अरु क्षेत्रका यात्रु र यातायात ब्यवसायीहरुले अनुकरण गरे कसो होला ?