समयमा नै सेयर डिम्याट नगराउने कृषि विकास बैंकका सेयरधनीलाई यस्तो सास्ती

Jun 18, 2017 merolagani

कृषि विकास बैंक (ADBL) का सेयर लगानीकर्ता भएर समयमा नै सेयर डिम्याट गराउनु भएको थिएन भने बोनस सेयर प्राप्त गर्न फेरी भौतिक सेयर संकलन गरि अभौतिक गराउनु पर्ने झण्झट आई लागेको छ । पटक पटक सेयर अभौतिक गराउन बैंकले सुचना निकाले पनि धेरै सेयरधनीले सेयर अभौतिक गराएका छैनन्, जसका कारण ती लगानीकर्ताले सास्ती खेप्नु परेको हो ।

कृषि विकास बैंकले चैत १७ गतेभन्दा पछाडि सेयर अभौतिकिकरण गरेका लगानीकर्तालाई भौतिक रुपमा नै बोनस सेयर प्रमाणपत्र वितरण गर्ने भएपछि सास्ती थपिएको हो । बैंकले अहिले वितरण गर्न लागेको बोनस सेयर प्रमाणपत्र भौतिक रुपमा वितरण गर्ने तयारी पुरा भएको बैंकले जनाएको छ ।

बैंकले दशौं बार्षिक साधारणसभाका लागि सेयरधनी किताब बन्द भएको मिति २०७३ चैत १७ गते भन्दा पहिले सेयर डिम्याट गराएका लगानीकर्तालाई भने बैंकले उनिहरुकै हितग्राही खातामा बोनस सेयर पठाईसकेको छ । सो समयमा सेयर डिम्याट नगरेका लगानीकर्ताले भने विक्री प्रबन्धक एस क्यापिटल र आफ्नो हितग्राही खाता रहेको स्थानबाट सेयर अभौतिकिकरण गर्न पुन दौडधुप गर्नुपर्ने भएको हो ।

धितोपत्र बोर्डले अभौतिक रुपमा मात्र सेयर कारोबार गर्ने व्यवस्था गरेपछि पछिल्ला दिनमा धेरै कम्पनीहरुले बोनस तथा हकप्रद अभौतिक रुपमा नै हितग्राही खातामा पठाउन थालिसकेका छन् । 

सेयर डिम्याट नगरेका लगानीकार्ताहरुलाई भने बैंकले असार ६ गतेदेखि साउन ४ गतेसम्म चरणबद्ध रुपमा सेयर प्रमाणपत्र वितरण गर्ने कार्यतालिका बनाएको छ । जस अनुसार अनुसार दैनिक आठ हजार जना सेयरधनीहरुलाई भौतिक सेयर प्रमाणपत्र वितरण गर्ने बैंकले जनाएको छ ।

यो तालिकामा सेयर संकलन गर्न नसक्ने सेयरधनीले साउन ९ गतेपश्चात एस क्यापिटलको सेयर काउन्टर, एस डेभलपमेन्ट बैंक नारायणचौर नक्सालमा सम्पर्क गरी प्रमाणपत्र संकलन गर्न सक्ने बैंकले जनाएको छ ।

साथै काठमाडौं बाहिर रहेका सेयरधनीहरुले आफ्नो नजिकको कृषि विकास वा एस डेभलपमेन्ट बैंकको शाखाबाट निवेदन दिएर सेयर प्रमाणपत्र प्राप्त गर्न सकिने बैंकले जनाएको छ ।

 

 

 

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।