एनबि इन्स्योरेन्सको शतप्रतिशत प्रतिशत हकप्रद खुल्यो

Jun 19, 2017 merolagani

एनबि इन्स्योरेन्स (NBIL) ले एक बराबर एक अर्थात शतप्रतिशत हकप्रद असार ५ गतेदेखि विक्री खुला गरेको छ । कम्पनीले २७ लाख कित्ता हकप्रद सेयर  जारी गरेको हो । जेठ ३ गतेसम्म कम्पनीको सेयर किनेका लगानीकर्ताले शतप्रतिशत हकप्रदमा साउन ९ गतेसम्म आवेदन गर्न सक्नेछन् ।

कम्पनीले हकप्रद सेयर जारी गर्न ग्लोबल आइएमई क्यापिटललाई बिक्री प्रबन्धक तोकेको छ । हकप्रदमा उपत्यका भित्र विक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल, एनबि इन्स्योरेन्सको केन्द्रिय कार्यालय नक्साल, शाखा कार्यालयहरु गोंगबु, कलंकी, कोटेश्वर र सल्लाघारीबाट आवेदन गर्न सक्नेछन् ।

त्यस्तै उपत्यका बाहिर एनबि इन्स्योरेन्स कम्पनीको कार्यालयहरु विराटनगर, बुटवल, वीरगञ्ज, पोखरा, बनेपा, नारायणगढ, नेपालगञ्ज, जनकपुर, दोलाखा, बर्दिवास, सोलुखुम्बु, ओखलढुंगा, भैरहवा, दाङ, हेटौंडा र धनगढी शाखा कार्यालयहरुबाट हकप्रदमा आवेदन गर्न सक्नेछन् । हकप्रद फर्म ग्लोबल आइएमई क्यापिटल तथा इन्स्योरेन्सको वेभसाइटबाट डाउनलोड गरेर समेत सेयरधनीले बुझाउन सक्ने कम्पनीले जनाएको छ ।

हाल एनबि इन्स्योरेन्सको चुक्ता पूँजी २७ करोड रुपैयाँ रहेको छ । शतप्रतिशत हकप्रद जारी गरेपछि कम्पनीको चुक्ता पूँजी ५४ करोड रुपैंयाँ पुग्नेछ ।

एनबि समुहले धरासायी बनाएको इस्योरेन्सलाई आईएमई समूहले किनेर स्वस्थ संस्थाको रुपमा स्थापित विकास गर्न र पूँजी वृद्धिलाई प्राथमिकतामा राखेको छ । यस अघि ८० प्रतिशत हकप्रद निष्काशन गरेको इन्स्योरेन्सले बीमा समितिले एक अर्ब चुक्ता पूँजी पुर्याउनुपर्ने निर्णय गरेपछि फेरि शतप्रतिशत हकप्रद निष्काशन गरेको हो ।

कम्पनीले चैत मसान्तसम्ममा छ करोड २० लाख रुपैयाँ खुद नाफा कमाएर प्रतिसेयर आम्दानी वार्षिक ३० रुपैयाँ ६५ पैसा कायम गरेको छ । इन्स्योरेन्सको सेयर नेप्सेमा आईतबार प्रतिकित्ता १०५० रुपैयाँमा कारोबार भएको छ ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।