लुम्बिनी जनरल इन्स्योरेन्सको १०० प्रतिशत हकप्रद सुरक्षित गर्ने दिन कहिले तोकियो ?

Jun 19, 2017 merolagani

लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनी (LGIL) ले शतप्रतिशत हकप्रद जारी गर्नका लागि असार १३ गते सेयरधनी किताब बन्द गर्ने मिति निर्धारण गरेको छ । यस अनुसार असार १२ गतेसम्म सेयर किनेर कायम बनेका सेयरधनीहरुले मात्र कम्पनीको हकप्रद सेयरमा आवेदन गर्न पाउनेछन् ।

चुक्ता पूँजी ३९ करोड रुपैयाँ रहेको लुम्बिनी जनरलको हकप्रदपछि ७८ करोड रुपैयाँ चुक्ता पूँजी पुग्नेछ । बीमा समितिले तोकेको निर्जीवन बीमा कम्पनीको चुक्ता पूँजी एक अर्ब रुपैंया पुर्याउन कम्पनीले २८ करोड रुपैंया पूँजी थप गर्नुपर्ने हुन्छ ।

लुम्बिनी जनरल इन्स्योरेन्सले हकप्रद जारी गर्नका लागि सिबिआईएल क्यापिटल लिमिटेडलाई विक्री प्रबन्धक तोकेको छ । क्यापिटलमार्फत कम्पनीले एक बराबर एक अनुपातमा एक सय रुपैयाँ अंकित दरको ३९ लाख कित्ता हकप्रद सेयर बिक्री खुला गर्ने छ । 

चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा कम्पनीले ११ करोड ६१ लख रुपैयाँ खुद नाफा कमाएर प्रतिसेयर आम्दानी ३९ रुपैयाँ ७० पैसा कायम गरेको छ । कम्पनीको सेयर नेप्सेमा सोमबार प्रतिकित्ता  १७८५ रुपैयाँ हाराहारीमा कारोबार भएको छ ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।