नेको इन्स्योरेन्सले सोमबार गरायो नेप्सेमा बोनस र हकप्रद सेयर सूचीकरण

Jun 19, 2017 merolagani

नेपाल स्टक एक्सचेञ्जमा सोमबार नेको इन्स्योरेन्स (NIL) ले बोनस र हकप्रद सेयर सूचिकृत गरेको छ । कम्पनीले ३८ लाख ८८ हजार पाँच सय २३.५८ कित्ता सेयर सूचिकरण गराएको हो ।

सोमबार नेकोले गराएको सूचिकरणसध्ये छ लाख ४८ हजार ८७.२६ कित्ता बोनस सेयर रहेको छ भने हकप्रद सेयरको संख्या ३२ लाख ४० हजार चार सय ३६.३२ कित्ता रहेको छ ।

कम्पनीको गत पुस २८ गते सम्पन्न २१ औं बार्षिक साधारणसभाले सेयरधनीलाई गत आर्थिक बर्षको कमाईबाट २० प्रतिशत बोनस वितरण गर्ने प्रस्ताव पारित गरेको थियो । यसअघि कम्पनीले फागुन ३ गतेदेखि चैत ७ गतेसम्म शतप्रतिशत हकप्रद बिक्री गरेको थियो ।

चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा १२ करोड ८८ लाख रुपैयाँ खुद नाफा कमाएर नेकोले प्रतिसेयर आम्दानी वार्षिक ५३ रुपैयाँ कायम गरेको छ ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।