बैंकहरुबीच सुरु भयो ब्याज दर घटाउने तीब्र प्रतिस्पर्धा, हेर्नुहोस, कसले कति घटाए ?

Jun 20, 2017 Merolagani

तिलक कोइराला

काठमाडौ । बाणिज्य बैंकहरु बीच निक्षेप तथा कर्जाको ब्याज दर बढाएर उछिन पाछिन गर्ने प्रतिस्पर्धा अब अन्त्य भई उल्टो गति सुरु भएको छ । बैंकहरुले अब ब्याज दर घटाउने प्रतिस्पर्धा सुरु गरेका छन्, जसको लाभ ऋणीहरुलाई हुनेछ ।

केही नाम चलेका बाणिज्य बैंकहरुले मुद्धतीको ब्याज दर घोषित रुपमा १२ प्रतिशत र अघोषित रुपमा १५ प्रतिशतसम्म पुर्याएकामा अब त्यसलाई ११ प्रतिशतमा सिमित गरिसकेका छन् भने केहीले त्यो भन्दा पनि तलको बिन्दुमा ल्याउन तीब्र गृहकार्य गर्दैछन् ।

असार महिना लाग्दा सरकारी बजेट खर्च बढ्ने, चुृनावी खर्चको पैसा बैकिड. प्रणालीमा फर्किने र साउन नलागी नयाँ कर्जा प्रबाह नगर्ने बैंकहरुको परम्परागत ब्यवहारले ब्याज दर घटाउन बल पुगेको देखिन्छ । केही बैंकहरुले पूँजी बढेको आधारमा ब्यापार बिस्तार गर्ने नाममा अचाक्ली कर्जा प्रबाह गर्दा पूँजी कर्जा निक्षेप अनुपात अर्थात सीसीडी ८० प्रतिशत नाघेको पत्तै पाएनन् र राष्ट्र बैंकको कारबाहीबाट बच्न निक्षेपको ब्याजदर पनि त्यसै गरी बढाएका थिए तर अहिले आएर उनीहरुको सीसीडी सन्तुलनमा आईसकेको अवस्था हुँदा पनि निक्षेपको ब्याज दर घटाएको हुनसक्छ ।

यसबाट बैंकहरुमा लगानी योग्य रकम बढ्न गई कर्जाको ब्याज दर सस्तो हुने र साउनमा उद्यम गर्नेले आबश्यक कर्जा पाउनसक्ने संभावना बलियो बन्दै गएको छ ।

स्रोतः बैंकहरुको वेभसाईट र अधिकारीहरुसँगको कुराकानी   


बाणिज्य बैंकहरु जसले १२ प्रतिशत र सो भन्दा माथि मुद्धतीको ब्याज दर बिज्ञापन राखेका छन् , उनीहरुले अब त्यस्तो बिज्ञापन धमाधम हटाउँदै छन् र ११ प्रतिशत वा सो भन्दा तल झार्दैछन् । माछापुच्छ्रे बैंकले ब्याजदर तल झारेकाले मंगलबार बिहानसम्म उसको वेभसाईटमा ब्याज दरसम्बन्धी जानकारी राखेको थिएन । उसको कार्यालयमा फोन गरेर सोधेपछि मात्र मुद्धती निक्षेपको ब्याज दर १२ प्रतिशतबाट ११ प्रतिशतमा झारिएकोबारे विस्तृत बिबरण प्राप्त भयो ।

बचतको ब्याजदर भने बैंकहरुले बढाएका छन् । कल एकाउन्टको पैसालाईअ अन्यत्र जान नदिन पनि बैंकहरुले बचत र कल एकाउन्ट दुबैको ब्याजमा बढोत्तरी गरेका छन् । 

पहिले कति थियो ब्याज दर ? 

गत फागुन यता धेरै बाणिज्य बैंकले मुद्धतीको ब्याज दर १२ प्रतिशत भन्दा माथि पुर्याएका थिए । यो तुलनात्मक अध्ययन तालिका हेर्नुहोस् ।

ब्याज दरको प्रतिस्पर्धा गर्दै बैंकहरुले सात बर्षसम्मका लागि पाँच अर्ब रुपैयाँ बार्षिक १३ प्रतिशतसम्ममा उठाएका थिए । अब भने त्यो ब्याज बढाउने प्रतिस्पर्धा एकादेशको कथा बन्नै लागेको छ ।

ब्याज दर घटाउँदा के हुन्छ ?

नेपाल राष्ट्र बैंकले स्प्रेड दर पाँच प्रतिशत भन्दा पनि तल ल्याएर तीन प्रतिशतको हाराहारीमा झार्ने तयारी गरिरहेकाले निक्षेप तथा कर्जाको ब्याज दर अरु तल आउने संभावना बढेको छ । यसबाट चर्को ब्याजको मारमा परेका ऋणीहरुलाई फाईदा पुग्ने छ भने बैंकमा पैसा राखेर महंगो ब्याज खान चाहने निक्षेपकर्ताहरुलाई केही सोच्नुपर्ने बाध्यता आई पर्नेछ । केही बैंकहरुले बचत खाताको ब्याज दर पनि तल झारेका छन् । निक्षेपको ब्याज दर घटाउँदा बैंकहरुको कोषको लागत घट्न गई सस्तोमा कर्जा दिन उनीहरु समर्थ हुनेछन् र नाफामा पनि बढोत्तरी हुनेछ । नाफा बढी गर्न बैंकहरुले चलाखीपूर्ण रुपमा कर्जाको ब्याज दर कम घटाउने गरेका छन् ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।