एभरेष्ट बैंकको ३३ प्रतिशत हकप्रद सूरक्षित गर्ने मंगलबार अन्तिम दिन

Jun 20, 2017 merolagani

एभरेष्ट बैंक (EBL) ले ३३ प्रतिशत अर्थात तीन बराबर एक अनुपातमा हकप्रद सूरक्षित गर्ने मंगलबार अन्तिम दिन हो । बैंकले असार ७ गते हकप्रद प्रयोजनका लागि सेयरधनी दर्ता बन्द गर्ने निर्णय गरेकाले मंगलबारसम्म सेयर किनेका लगानीकर्ता मात्र हकप्रद सेयर भर्न योग्य हुनेछन ।

एभरेष्टले हाल कायम पूँजीको ३३ दशमलव ३३ प्रतिशतले हुने एक अर्ब ५३ करोड ३१ लाख रुपैंया बराबरको एक करोड ५० लाख ८८ हजार ८७ कित्ता हकप्रद असार १८ गतेदेखि साउन २२ गतेसम्म एनआइबीएल क्यापिटल मार्केट्स मार्फत जारी गर्देछ । 

बैंकको गत पुस २३ गते बसेको वार्षिक साधारण सभाले ३३.३३ प्रतिशत हकप्रद जारी गर्ने प्रस्ताव पारित गरेको थियो । तेस्रो त्रैमाससम्ममा बैंकको चुक्ता पूँजी चार अर्ब ६० करोड ६४ लाख रुपैंयाँ रहेको छ । हकप्रदपछि बैंकको चुक्ता पूँजी छ अर्ब ११ करोड ५२ लाख रुपैयाँ नाध्नेछ ।

बैंकले हाल कम्पनीको ७० प्रतिशत संस्थापक सेयर रहेकोमा त्यसको १९ प्रतिशतलाई साधारणमा परिवर्तन गरी संस्थापकको ५१ र सर्बसाधारणको ४९ प्रतिशत हिस्सा कायम गर्ने प्रस्ताब पनि पारित गरेको छ । केही दिन अगाडि मात्रै बैंकले विशेष साधारणसभा मार्फत मर्ज तथा एक्विजिसनमा जाने प्रस्ताव पनि पारित गरेको छ ।

comments powered by Disqus

साढे १३ प्रतिशत घट्यो वाणिज्य बैंकहरुको नाफा, १३ बैंकहरुको नाफा घट्दा ७ भने बढाउन सफल

Apr 19, 2024 08:47 AM

वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेका छन्। विवरण अनुसार बैंकहरुको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुनलामा १३.४७ प्रतिशत घटेको छ।