एभरेष्ट इन्स्योरेन्सले सूचना चुहाएको आशंकामा रोकियो सेयर कारोबार

Jun 20, 2017 Merolagani

नेपाल धितोपत्र बोर्डले एभरेष्ट इन्स्योरेन्स (EIC) को सेयर कारोबार रोक्का गरेको छ । बोनस, हकप्रद र साधारण सभा सम्बन्धि जानकारीहरु सार्वजनिक हुनु पहिले चुहावट भएको भन्दै बोर्डले अनुसन्धानका लागि कारोबार रोक्का गर्न नेप्सेलाई निर्देशन दिए पछि कारोबार बन्द भएको हो । 

केही दिन अघि पाँच वटा आर्थिक वर्षको साधारण सभा बोलाएको एभरेष्ट इन्स्योरेन्सले २० प्रतिशत बोनस र छ सय प्रतिशत हकप्रद प्रस्ताव गरेको थियो । उक्त सूचना सार्वजनिक हुनु पहिले नै बजारमा चुहावट भएको भन्दै धितोपत्र बोर्डले एभरेष्ट इन्स्योरेन्सको सेयर कारोबार रोक्का गर्न नेपाल स्टक एक्सचेञ्जलाई पत्राचार गरेको हो ।

बोर्डको पत्र प्राप्त हुनासाथ नेप्सेले एभरेष्ट इन्स्योरेन्सको सेयर कारोबार रोक्का गरेको छ । साधारण सभाको प्रस्ताव आउनु पहिले नै एभरेष्ट इन्स्योरेन्सको सेयर मूल्य २६०० रुपैंयाको हाराहारीमा पुगेको थियो । इन्स्योरेन्सले शुक्रबार साधारण सभाको प्रस्ताव सार्वजनिक गरेकोमा बुधबार नै उसको सेयर मूल्य २४५८ रुपैंयाबाट बढेर २५८० रुपैंया पुगेको थियो । बिहीबार पनि एभरेष्टको सेयरमूल्य निरन्तर माथि चढेर २६४५ रुपैंया पुगेको थियो । सूचना चुहावटकै कारण एभरेष्ट इन्स्योरेन्सका सेयर बिक्रेता नआउँदा खरिदकर्ताको उच्च चाप देखिएको थियो ।

शुक्रबार सूचना सार्वजनिक भए पछि आइतबार पनि सर्किट लागेर उसको सेयर मूल्य २६४५ रुपैंयाबाट बढेर २९०९ रुपैंया पुगेको थियो । सोमबार पनि बढेर ३१९९ रुपैंयासम्म पुगेको सेयर मूल्य अन्तिम पटक तल झरेर २९३० रुपैंयामा किनबेच भएको थियो । अत्यधिक माग देखिए पछि पहिले सस्तोमा सेयर किनेकाहरुले धमाधम सेयर बेच्दा सोमबार ठुलो संख्यामा सेयर किनबेच भयो ।

मंगलबार बोर्डको पत्र पाए पछि नेप्सेले एभरेष्ट इन्स्योरेन्सको सेयर कारोबार रोकेको छ । धितोपत्र बोर्डले छानबिन नटुगिंदासम्म सेयर कारोबार खुल्ने देखिन्न ।

शुक्रबार मेरोलगानीमा प्रकाशित सामग्री पढ्नुहोस् । ......

एभरेष्ट ईन्स्याोरेन्सले २० प्रतिशत बोनसपछि ६०० प्रतिशत हकप्रद बिक्री गर्ने

comments powered by Disqus

साढे १३ प्रतिशत घट्यो वाणिज्य बैंकहरुको नाफा, १३ बैंकहरुको नाफा घट्दा ७ भने बढाउन सफल

Apr 19, 2024 08:47 AM

वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेका छन्। विवरण अनुसार बैंकहरुको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुनलामा १३.४७ प्रतिशत घटेको छ।