नेशनल हाइड्रोको पनि रोकियो सेयर कारोबार

Jun 20, 2017 Merolagani

नेपाल धितोपत्र बोर्डले नेशनल हाइड्रोपावर कम्पनी (NHPC) को सेयर कारोबार पनि रोक्का गरेको छ । बोर्डले नेप्सेलाई हाइड्रो सञ्चालक समितिको आधिकारिकताका सम्बन्धमा आवश्यक अनुसन्धान गर्न भन्दै सेयर कारोबार रोक्का गर्न निर्देशन दिएको हो ।

नेशनल हाईड्रो संचालक समितिले प्रबन्ध संचालक रामबहादुर तामाङ र संचालक प्रकाश रजौरेलाई सार्वजनिक सूचना मार्फत स्पष्टिकरण सोधेपछि नेशनल हाईड्रोको विबाद फेरि सुरु भएको थियो ।

नेशनल हाईड्रोले प्रबन्ध संचालक रामबहादुर तामाङको पदावधि सकिएकाले पदीय हैसियत अनुसार काम नगर्न भनेको थियो । रजौरेलाई पत्रमार्फत सोधिएको स्पष्टिकरणको जवाफ नदिएको भन्दै सार्वजनिक सूचना मार्फत जवाफ दिन तीन दिने म्याद दिएको थियो ।

कम्पनीले उनीहरु दुबैलाई आफुसँग रहेको ल्यापटप, लेटरप्याड, छापसहितका कागजातहरु पनि कम्पनीमा बुझबुझारथ गर्न समेत भनेको थियो । यस सम्बन्धमा धितोपत्र बोर्डमा उजुरी परे पछि छानबिन प्रकृया अघि बढेको बुझिएको छ ।

नेशनल हाईड्रोमा सधैको लफडा, दुई संचालक बिरुद्ध किन सुरुभयो कारबाही प्रक्रिया ?

नेशनल हाईड्रोका अध्यक्षमाथि गम्भिर आरोप,स्पष्टिकरण माथि स्पष्टिकरणको ओईरो

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।