युनिक हाईडेलले आयोजना प्रभावित सिन्धुपाल्चोकबासीलाई साढे पाँच लाख कित्ता सेयर निष्काशन गर्ने

Jun 21, 2017 merolagani

युनिक हाईडेल कम्पनी लिमिटेडले पहिलो चरणमा उद्योग प्रभावित क्षेत्र सिन्धुपाल्चोकबासीका लागि ५ करोड ५० लाख रुपैयाँ बराबरको सेयर जारी गर्ने भएको छ । कम्पनीले उक्त परिमाणको सेयर निष्काशन गर्न धितोपत्र बोर्डमा निवेदन दिएको छ ।

दोस्रो चरणमा कम्पनीले सर्वसाधारण, सामूहिक लगानी कोष र कर्मचारीको लागि करिब १६ करोड ५० लाख रुपैयाँ बराबरको सेयर जारी गर्नेछ । 

कम्पनीले पहिलो चरणमा स्थानियबासीका लागि सेयर जारी गर्न धितोपत्र बोर्डमा निवेदन दिएको हो । सिन्धुपाल्चोकका स्थानियबासीका लागि सेयर जारी गरेर बाँडफाँड गरिसकेपछि मात्र कम्पनीले सर्वसाधारणका लागि सेयर जारी गर्नेछ ।

साधारण सेयर जारी गर्नका लागि कम्पनीले एनएमबि क्यापिटललाई विक्री प्रबन्धक नियुक्त गरेको छ । युनिक हाईडेल कम्पनीको बराम्ची खोलामा बाराम्ची हाईडोईलोक्ट्रीक आयोजना ४ दशमलव २ मेगावाटको सञ्चालनमा रहेको छ । सुरुमा उत्पादन क्षमता १ मेगावाट रहेको यस आयोजना बि.सं २०६७ मा स्तरोन्नती गरि ४.२ मेगाबाट बनाईएको हो ।

 

२०७२ मा गएको भूकम्पबाट र त्यसपछिको पहिरोबाट समेत प्रभावित आयोजनाले गत बैशाख १७ गतेदेखि नियमित विद्युत्त उत्पादन गर्दे आएको छ ।

आयोजनाबाट उत्पादित विद्युत्त आयोजना स्थलबाट १८ किलोमिटर दुरीमा रहेको नेपाल विद्युत्त प्राधिकरणको ३३ केभि प्रसारण लाईन रहेको लामोसाँघु सबस्टेशनमा ल्याएर जोडिएको छ । कम्पनीले नेपाल विद्युत्त प्राधिकरणसँग वि सं २०६६ साल मंसिर ३ गते विद्युत्त खरिद सम्झौता गरेको थियो । 

कम्पनीमा ज्ञानेन्द्रलाल प्रधानको लगानी रहेको हाइड्रो सोलुसन्स प्रालीको समेत सेयर स्वामित्व रहेको बताईएको छ ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।