एभरेष्ट बैंकको ३३ प्रतिशत हकप्रद पश्चात कतिमा भयो सेयरमूल्य समायोजन ?

Jun 21, 2017 merolagani

नेपाल स्टक एक्सचेञ्जमा बुधबार एभरेष्ट बैंकको मूल्य समायोजन भएको छ । ३३.३३ प्रतिशत अर्थात तीन बराबर एक अनुपात हकप्रद सेयरपश्चात बैंकको सेयर मूल्य समायोजन भएको हो ।

नेप्सेका अनुसार हकप्रद समायोजनपछि बैंकको प्रतिकित्ता सेयरमूल्य प्रतिकित्ता १२७४ रुपैयाँ कायम भएको छ । जसको आधारमूल्य १५५३ रुपैयाँ रहेको छ ।

एभरेष्टले हाल कायम पूँजीको ३३ दशमलव ३३ प्रतिशतले हुने एक अर्ब ५३ करोड ३१ लाख रुपैंया बराबरको एक करोड ५० लाख ८८ हजार ८७ कित्ता हकप्रद असार १८ गतेदेखि साउन २२ गतेसम्म एनआइबीएल क्यापिटल मार्केट्स मार्फत जारी गर्देछ ।

बैंकको गत पुस २३ गते बसेको वार्षिक साधारण सभाले ३३.३३ प्रतिशत हकप्रद जारी गर्ने प्रस्ताव पारित गरेको थियो । तेस्रो त्रैमाससम्ममा बैंकको चुक्ता पूँजी चार अर्ब ६० करोड ६४ लाख रुपैंयाँ रहेको छ । हकप्रदपछि बैंकको चुक्ता पूँजी छ अर्ब ११ करोड ५२ लाख रुपैयाँ नाध्नेछ ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।