हिमालयन जनरल र जेबिल्स फाईनान्स कम्पनीले एकसाथ तोके बुकक्लोज मिति

Jun 21, 2017 merolagani

हिमालयन जनरल इन्स्योरेन्स कम्पनी (HGI) र जेबिल्स फाईनान्स (JEFL) ले सेयरधनी किताब बन्द गर्ने मिति निर्धारण गरेका छन् । हिमालयन इन्स्योरेन्स कम्पनीले १६६.६७ प्रतिशत हकप्रद जारी गर्नको लागि असार १६ गते तथा जेबिल्स फाईनान्सले विशेष साधारणसभाका लागि असार १२ गते सेयरधनी किताब बन्द गर्न निर्णय गरेका हुन् ।

हिमालयन जनरल इन्स्योरेन्सले असार १६ गते बुक क्लोज गर्ने भएपछि यसआधारमा असार १५ गतेसम्म कायम सेयरधनीले मात्र कम्पनीको हकप्रद भर्न पाउनेछन् । उसले एक बराबर एक दशमलव ६७ कित्ता अनुपातमा एक सय रुपैयाँ अंकित दरको ६४ लाख २० हजार कित्ता हकप्रद एनएमबि क्यापिटल मार्फत बिक्री गर्नेछ ।

हाल ३८ करोड ५२ लाख रुपैयाँ चुक्ता पूँजी रहेको हिमालयनले बिमा समितिले दिएको निर्देशन बमोजिम निर्जीबन बिमा कम्पनीको चुक्ता पुँजी एक अर्ब पुर्याउनुपर्ने भएपछि कम्पनीले भारी मात्रामा हकप्रद विक्री गर्न लागेको हो ।

कम्पनीले चालु आर्थिक बर्षको तेस्रो त्रैमासमा आठ करोड ५ लाख रुपैयाँ खुद नाफा कमाएर प्रतिसेयर आम्दानी २० रुपैयाँ ९१ पैसा कायम गरेको छ ।

उता जेविल्स फाईनान्स कम्पनीले समेत असार १२ गते सेयरधनी किताब बन्द गर्ने भएको छ । कम्पनीले असार २३ गते गर्न लागेको विशेष साधारणसभाका प्रयोजनका लागि सेयरधनी किताब बन्द गर्न लागेको हो ।

यसअनुसार विशेष साधारणसभामा भाग लिन असार ११ गतेसम्म कायम सेयरधनीले मात्र पाउनेछन् ।

फाईनान्सको सातौं बार्षिक साधारणसभाले पारित गरेको शतप्रतिशत हकप्रदपछि कायम हुने चुक्ता पूँजी ५७ करोड ७९ लाख १२ हजार पाँच सय रुपैयाँको फेरी ४० प्रतिशत अर्थात २३ करोड ११ लाख ६५ हजार रुपैयाँ बराबरको हकप्रद जारी गर्ने विशेष प्रस्ताव रहेको छ ।

त्यस्तै फाईनान्सले अन्य बैंक तथा वित्तिय संस्था गाम्भे/गाभिने वा प्राप्ती हुन/गर्नका लागि सञ्चालक समितिलाई सम्पुर्ण अख्तियारी प्रदान गर्ने, अन्य आवश्यक विघान संसोधनका लागि अधिकार प्रत्यायोजन गर्ने लगायतका रहेको छन् ।

चालु आर्थिक बर्षको तेस्रो तैमासमा फाईनान्सले एक करोड ९४ लाख रुपैयाँ खुद नाफा कमाएर प्रतिसेयर आम्दानी ६.७२ रुपैयाँ कायम गरेको छ ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।