अल्पाइन डेभलपमेण्ट बैंकको हकप्रद असार २५ गतेदेखि, कहाँबाट गर्ने आवेदन ?

Jun 21, 2017 merolagani

अल्पाइन डेभलपमेण्ट बैंकले तीन बराबर दुई दशमलव शून्य आठ अनुपातमा असार २५ गतेदेखि हकप्रद सेयर जारी गर्ने भएको छ । बैंकले प्रतिकित्ता एक सय रुपैयाँ अङ्कित दरको १८ लाख तीन हजार दुई सय ४७ कित्ता हकप्रद सेयर निष्कासन गर्न लागेको हो ।

बैंकले सेयर निष्कासन तथा विक्री प्रबन्धक विक्री प्रबन्धक एनएमबी क्यापिटल मार्फत हकप्रद निष्काशन गर्नेछ । यस हकप्रदमा जेठ २० गतेसम्म सेयर किनेर सेयरधनी हुनेले हकप्रदमा साउन २९ गतेसम्म आवेदन दिन सक्नेछन् ।

हकप्रदमा विक्री प्रबन्धक एनएमबि क्यापिटल नागपोखरी, अल्पाईनको मुख्य शाखा कार्यालय हेटौडा मकवानपुर, साँगा काभ्रेपलाञ्चोक, नारायणगढ चितवनका साथै एनएमबी बैंकका उपत्यका भित्रका शाखा कार्यालयहरु सितापाईला, कलंकी, चाबहिल, बसुन्धारा, कुमारीपाटी, सुर्यविनायक शाखाबाट हकप्रद भर्न सकिने जनाईएको छ ।

त्यस्तै एनएमबि बैंकको बनेपा, बुटवल, धरान, विराटनगर, सुर्खेत, पोखरा, धनगढी, नेपालगञ्ज, विरगञ्ज, जनकपुर र नारायणगढ शाखाबाट समेत दरखास्त बुझाउन सक्ने बैंकले जनाएको छ ।

२६ करोड ७५ हजार रुपैयाँ चुक्ता पूँजी रहेको अल्पाईनको हकप्रद सेयर विक्रीपश्चात चुक्ता पूँजी ४४ करोड ४ लाख रुपैयाँ पुग्नेछ । बैंकले यस आर्थिक बर्षमा ११ करोड १७ लाख रुपैयाँ नाफा पुग्ने प्रक्षेपण गरेको छ ।

बैंकको चालू आवको तेस्रो त्रैमासमा तीन करोड ४३ लाख रुपैयाँ खुद नाफा कमाएर प्रतिसेयर आम्दानी १७ रुपैयाँ ६१ पैसा कायम गरेको छ । सेञ्चुरी बैंकसँग एक्वायरमा गएको कारण बैंकको सेयर कारोबार चैत ४ गतेदेखि बन्द रहेको छ ।

यो पनि पढ्नुहोस्..

..अल्पाईनले हकप्रद जारी गर्न तोक्यो बुकक्लोज मिति,कहिलेसम्म सेयर किनेकाले पाँउछन् ?

..सेञ्चुरीले उठाउँदै छ धमाधम साना कम्पनी,अल्पाइनलाई पनि किन्यो

 

comments powered by Disqus

साढे १३ प्रतिशत घट्यो वाणिज्य बैंकहरुको नाफा, १३ बैंकहरुको नाफा घट्दा ७ भने बढाउन सफल

Apr 19, 2024 08:47 AM

वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेका छन्। विवरण अनुसार बैंकहरुको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुनलामा १३.४७ प्रतिशत घटेको छ।