सिभिल बैंकले हामा र युनिक फाईनान्सलाई गाभेर कहिलेबाट गर्ने भयो एकीकृत कारोबार ?

Jun 21, 2017 merolagani

सिभिल बैंक (CBL) ले हामा मर्चेन्ट एण्ड फाईनान्स र यूनिक फाईनान्सलाई प्राप्ती गर्न अन्तिम स्वीकृती पाएसँगै  यहि असार १८ गतेबाट सिभिल बैंकको नामबाट एकीकृत कारोबार थाल्ने भएको छ। राष्ट्र बैंकले असार १ गते र कम्पनी रजिष्टार कार्यालयले असार ४ गते हामा मर्चेन्ट एण्ड फाईनान्स र यूनिक फाईनान्सलाई प्राप्ती गर्न अन्तिम स्वीकृती दिएका थिए । 

एकीकृत कारोबारका गर्ने प्रयोजनका तथा तथ्याङ्क मिलानका लागि हामा र युनिक दुबै फाईनान्सको वित्तीय कारोबार असार १६ गते बन्द हुने भएको छ । त्यस्तै सोही दिन सिभिल बैंकको समेत सन्ध्याकालिन सेवा बन्द हुने बैंकले जनाएको छ । 

एकीकृत कारोबार पश्चात सिभिल बैंकको सेयर स्वाप अनुपात बमोजिम दुबै फाइनान्सको सेयरधनीहरुलाई सिभिल बैंकको सेयरधनी कायम गर्न असार ११ गतेदेखि दुबै फाइनान्सको सेयर अभौतिकिकरण गर्ने कार्य रोक्का हुने बताईएको छ ।  त्यस्तै बैंकले फाईनान्सका सेयरधनीहरुलाई सिभल बैंकको चेक लिएर फाईनान्सको चेक प्रतिस्थापन गर्न भनेको छ ।

सिभिल बैंकले एक कित्ता सेयर बराबर युनिक फाईनान्सको शुन्य दशमलव ९० कित्ता र हामा मर्चेन्टको शुन्य दशमलव ८९ कित्ता सेयर अनुपातमा प्रदान गरी प्राप्ती गरेको हो ।

इन्टरनेशनल फाईनान्स (आईएलएफसी) लाई गाभिसकेको बैंकको चुक्ता पूँजी पाँच अर्ब नौं करोड १५ लाख ७९ हजार रुपैयाँ पुगेको छ । बैंकले गत आर्थिक बर्षमा प्रदान गरेको २.८८ प्रतिशत बोनस तथा दुबै फाईनान्स एक्वायर र ४० प्रतिशत हकप्रदपछि बैंकको चुक्ता पूँजी सात अर्ब २५ करोड ९३ लाख रुपैयाँ पुग्नेछ । अब बैंकले आठ अर्ब चुक्ता पूँजी पुर्याउन ७४ करोड छ लाख ८९ हजार रुपैयाँ थप गर्नुपर्ने हुन्छ ।

comments powered by Disqus

साढे १३ प्रतिशत घट्यो वाणिज्य बैंकहरुको नाफा, १३ बैंकहरुको नाफा घट्दा ७ भने बढाउन सफल

Apr 19, 2024 08:47 AM

वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेका छन्। विवरण अनुसार बैंकहरुको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुनलामा १३.४७ प्रतिशत घटेको छ।