विराटनगरका ठूला व्यापारी भागेपछि ......

Jun 21, 2017 merolagani

वाणिज्य बैंकको विराटनगर शाखाबाट कर्जा लिएका ठूला व्यापारी बैंकको ऋण नतिरी भागेपछि बैंकमा खैलाबैला मच्चिएको छ । विराटनगरका व्यापारी विनोद दुगड राष्ट्रिय वाणिज्य बैंकको सवाँ चार करोड कर्जा नतिरी बेपत्ता भएका हुन ।

व्यापारी दुगड बेपत्ता भएपछि राष्ट्रिय वाणिज्य बैंक विराटनगर शाखाले दुगडको विराटनगरको मेनरोडमा रहेको कृष्णा स्टोर्समा शिलबन्दी गरेको छ ।

वाणिज्य बैंक विराटनगर शाखाका उप प्रमुख कृष्ण शाहले दुगडको बैंकमा चार करोड १५ लाख रुपैयाँ बराबरको कर्जा रहेको बताए । पटक पटक ताकेता गर्दा पनि कर्जा नतिरेपछि बैंकले बाध्य भएर दुगडको पसलमा तालाबन्दी गरेको शाहले बताए ।

दुगडले घरजग्गा धितोराखी बैंकबाट ऋण लिएका थिए । बैंकमा विगत दुईबर्षदेखि कारोबार गर्दे आएका दुगडले नियमित रुपमा ब्याज तिर्दे आएपनि पछिल्लो दुई त्रैमासको ब्याँज नतिरेको बैंक स्रोतले बताएको छ ।

दुगडले अढाई दशकदेखि विराटनगरमा तयारी पोशाकको संचालन गर्दे आएका थिए । उनले स्थानीय सहकारी संस्था र विभिन्न व्यक्तिहरुबाट ऋण र सापटीगरी ठुलो परिमाणमा रकम लिएको बुझिएको छ ।

comments powered by Disqus

साढे १३ प्रतिशत घट्यो वाणिज्य बैंकहरुको नाफा, १३ बैंकहरुको नाफा घट्दा ७ भने बढाउन सफल

Apr 19, 2024 08:47 AM

वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेका छन्। विवरण अनुसार बैंकहरुको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुनलामा १३.४७ प्रतिशत घटेको छ।