सुडान घोटालामा दोषी ठहरिएका दुई पूर्वप्रहरी प्रमुख सहित चार जेल चलान

Jun 21, 2017 merolagani

सुडानको घोटाला प्रकरणमा सर्बोच्च अदालतबाट भ्रष्टाचारी ठहर भएका नेपाल प्रहरीका दुई पूर्वआइजीपी सहित चार जनालाई जेल चलान गरिएको छ ।
पूर्वआईजीपी ओमविक्रम राणा,हेमवहादुर गुरुङ, पूर्व एआईजीपी दिपकसिंह थाङ्देन र पूर्वडीआईजी दिपक श्रेष्ठलाई डिल्लीबजार कारगार चलान गरिएको छ ।

बुधबार सर्बोच्च अदालतमा आत्मसमर्पण गरेका उनीहरुलाई अदालतको अदोश बमोजिम जेल चलान गरिएको हो ।

सर्बोच्च अदालतका तत्कालिन प्रधान्यायाधीश सुशीला कार्कीको इजलालसले सुडानको डार्फरमा पठाइने एपिसी खरिदमा भ्रष्टाचार गरेको ठहर गर्दै जेल सजाय र बिगो असुल गर्ने फैसला सुनाएको थियो ।

सर्बोच्च अदालले पूर्वप्रहरी प्रमुख ओमविक्रम राणालाई २ वर्ष कैद र ५० हजार रुपैयाँ जरीवाना गर्ने फैसला गरेको थियो । यसैगरी पूर्वप्रहरी प्रमुखहरू रमेशचन्द ठकुरी र हेमबहादुर गुरुङलाई जनही १ वर्ष कैद र ४० हजार रुपैयाँ जरीवाना गर्नुपर्ने ठहर गरेको थियो ।

यसैगरी सोही काण्डमा मतियारको कार्य गरेको ठहर गर्दै सर्वोच्च अदालतले ठेकेदार शम्भु भारतीबाट १४ करोड २० लाख ८ हजार ३ रुपैयाँ ३ पैसा जरीवाना गरी सोहीबराबर रकम विगो कायम गरी उठाउनु पर्ने फैसला पनि गरेको थियो । तत्कालीन प्रहरी अधिकृतहरू श्यामसिंह थापा र दीपकसिंह थाङ्देनलाई जनही १ वर्ष कैद र ४० हजार तथा दीपककुमार श्रेष्ठ र रविप्रताप राणालाई जनही ६ महीना कैद र ३० हजार रुपैयाँ जरीवाना गरिएको थियो ।

संयुक्त राष्ट्रसंघको आह्वानमा द्वन्द्वग्रस्त मुलुक सुडानमा शान्ति स्थापनार्थ खटिएका प्रहरीका लागि प्रहरी कल्याण कोषबाट भएको ४५ करोडको खरिदमा २८ करोड भ्रष्टाचार भएको दाबी गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको थियो।

मुद्दा विशेष अदालतमा पुग्दा अभियुक्त बनेकामध्ये एक रमेशचन्द ठकुरी प्रहरी प्रमुख थिए। उनीसँगै पूर्व आइजिपी हेमबहादुर गुरुङ र ओमविक्रम राणासहित ३४ प्रहरी अधिकृत एकैपटक भ्रष्टाचारमा मुछिएका थिए।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।