सेयरधनीले नगद लाभांश लिनका लागि सनराइज क्यापिटल, कमलपोखरी काठमाडौंमा सम्पर्क गर्नुपर्ने हुन्छ । लाभांश आइतबारदेखि बिहीबारसम्म बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म तथा शुक्रबार भने १० बजेदेखि १ बजेसम्म चेक वितरण गरिने क्यापिटलले जनाएको छ ।
आफ्नो परिचयपत्र, सेयर प्रमाणपत्रको प्रतिलिपि वा परिचय खुल्ने सक्कल कागजात लिएर नगद लाभांश संकलन गर्न आउन क्यापिटलले भनेको छ । डिम्याट खाता खोली सेयर अभौतिकरण गरिसकेका सेयरधनीहरुको हकमा भने डिम्याट स्टेटमेन्ट वा खाता पहिचान हुने कागजात लिएर आउन सेयरधनीलाई कम्पनीले भनेको हो ।
२१ करोड ६० लाख रुपैयाँ चुक्ता पूँजी रहेको नेरुडेले यसअघि चैत १४ गतेदेखि वैशाख १७ गतेसम्म ५० प्रतिशत हकप्रद बिक्री गरेको थियो । हकप्रद विक्रीपछि कम्पनीको चुक्ता पूँजी २७ करोड रुपैयाँ पुगेको छ ।
चालु अर्थिक वर्षको तेस्रो त्रैमासमा सात करोड ८५ लाख ७० हजार रुपैयाँ खुद नाफा कमाएर प्रतिसेयर आम्दानी ४८ रुपैयाँ ५० पैसा कायम गरेको छ ।