साउदी सरकारले जुलाई १ बाट आश्रित (डिपेन्डेन्ट) कर लगाउने, नेपालीलाई कस्तो प्रभाव पर्ला ?

Jun 21, 2017 merolagani

साउदी अरेबियाले आगामी जुलाई एक तारिखदेखि पारिवारिक कर अर्थात आश्रित कर लगाउने घोषणा गरेको छ । साउदीले डिपेन्डेट भिसामा साउदी पुगेका गैर साउदी नागरिकलाई मासिक एक सय रियाल पारिवारिक कर लिने भएको हो ।



अब साउदी अरबमा काम गरिरहेका विदेशी नागरिकहरुले आफ्नो साथमा परिवार राख्न चाहेमा साउदी सरकारलाई पारिवारिक कर तिर्नुपर्ने छ । साउदीले आगामी जुलाई एकदेखि आश्रित कर बापत प्रति महिना प्रति व्यक्ति एक सय रियाल अर्थात नेपाली करिब २८ सय रुपैयाँ लिने भएको छ ।

जसका कारण परिवार सहित साउदीमा कार्यरत विदेशी नागरिकहरुलाई करको भार थपिएको छ । उनीहरुले परिवारका आश्रित हरेक सदस्यको प्रति महिना एक सय रियाल तिनुपर्नेछ । यो कर हरेक बर्ष एक सय रुपैयाँका दरले बढ्दै जाने साउदी सरकारले बताएको छ । सन २०२० मा एक आश्रित व्यक्तिले प्रति महिना ४०० रियाल अर्थात नेपाली झण्डै १२ हजार रुपैयाँसम्म तिर्नुपर्ने हुन्छ ।

यो व्यवस्था घोषणा गरिएसँगै कयौ भारतिय कर्मचारीहरुले आफ्नो परिवारलाई घर फर्काउने तयारी थालेका छन । साउदीमा ४१ लाख भारतिय परिवार रहेको बताईन्छ ।

वैदेशिक रोजगार विभागका अनुसार हाल साउदी अरबमा झण्डै १० लाख नेपाली श्रम स्वीकृति लिएर काम गरिरहेका छन् । साउदी सरकारले ५ हजार रियाल तलब हुनेलाई मात्र फेमिली भिसा दिने गरेको छ । यसकारण पारिवारिक कर तिर्नुपर्नै नेपालीको संख्या अत्यन्त न्यून रहेको अनुमान छ ।

सामान्य तया साउदी जाने नेपालीले साउदीमा मासिक न्यूनतम १८ सय रियालदेखि ७ हजार रियालसम्म कमाउने गरेका छन ।

साउदीमा कार्यरत चावन प्रसाद न्यौपानेका अनुसार मासिक ५ हजार रियाल भन्दा बढी कमाउने नेपालीको संख्या सारै कम छ । र फेमिली भिसामा जानेहरुको संख्या पनि अन्यन्तै न्यून छ । विशेषगरी ईन्जियरीङ क्षेत्रमा कार्यरत रहेका नेपालीहरुले आफ्नो परिवारका सदस्यलाई डिपेन्डेन्ट भिसामा साउदी लाने गरेका छन । यो व्यवस्थाले मासिक ५ हजार रियाल भन्दा बढी कमाई भएका जसले आश्रित भिसामा आफ्नो परिवार लगेका छन उनीहरु भने प्रभावित हुने देखिन्छ ।

comments powered by Disqus

साढे १३ प्रतिशत घट्यो वाणिज्य बैंकहरुको नाफा, १३ बैंकहरुको नाफा घट्दा ७ भने बढाउन सफल

Apr 19, 2024 08:47 AM

वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेका छन्। विवरण अनुसार बैंकहरुको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुनलामा १३.४७ प्रतिशत घटेको छ।