नेपालले चालु आर्थिक बर्षको ११ महिनामा ५० करोडको काठ बिदेशबाट आयात गरेको तथ्याँक नागरिक दैनिकमा रितेश त्रिपाठीले सार्वजनिक गरेका छन् ।
नेपालमा मलेशिया, ईण्डोनेशिया र म्यानमारबाट काठ आयत हुने गरेको बीरगंज भन्सारका प्रमुख अधिकृत सेवन्तक पोख्रेलले बताएका छन् ।
तेस्रो देशबाट रेलमार्ग भएर नेपालमा काठ भित्रिने गरेको छ । नेपालले यो बर्ष पाँच लाख १४ हजार घनफिट काठ आयात गरिसकेको छ । काठको वास्तविक मूल्य बढी भए पनि आयातकर्ताले ५० करोड हाराहारीमा मात्र भन्सार मूल्य देखाएका छन् ।
आर्थिक बर्ष २०७१, ०७२ मा भने नेपालमा सर्बाधिक एक अर्ब १० करोड रुपैयाँ बराबरको एक लाख ४७ हजार घनफिट काठ आयात भएको थियो ।
यसरी आयात गरिएको काठ घर निर्माण, फर्निचर, काठका बस्तुहरु निर्माणमा प्रयोग हुने गरेको छ ।