रामदेवका औषधी गुणस्तरहिन, झाडा पखाला गराउने सुक्ष्म जिवाणु समेत भेटियो

Jun 22, 2017 Merolagani

काठमाडौ । भारतीय योगगुरु रामेदवको पतन्जलीले उत्पादन गरेको औषधीहरु गुणस्तरहिन प्रमाणित भएका छन् ।

औषधी ब्यवस्था बिभागले ल्याव परीक्षण गर्दा पतन्जली आयुर्बेदिक केन्द्रद्धारा उत्पादित औषधीहरु गुणस्तर नभएको पाईएपछि बिक्री बितरणमा रोक लगाईएको छ ।

 पतन्जलीद्धारा उत्पादित अम्ला चुर्ण, दिब्या गसार चूर्ण, बकुची चूर्ण त्रिफला चुर्०ा, अश्वगन्धा चूर्ण र अदिब्या पूर्ण औषधीमा प्रतिबन्ध लगाइृएको छ ।

बजारमा रहेका औषधीहरु फिर्ता गर्न बिभागले कम्पनी र बिक्रेतालाई निर्देशन दिएको छ ।
चूर्ण बर्गका ओषधीमा मापदण्ड नपुगेको र गुणस्तर पनि नभएकाले उपचार भन्दा रोग बढाउने संभावना बढी रहेको बताईएको छ । कतिपय औषधीमा सुक्ष्म जिवाणु समेत भेटिएको बिभागको भनाई रहेको छ ।

पतन्जलीले हाल नेपालमा खोलिएका सयौं केन्द्र मार्फत ११० प्रकारका औषधी बिक्री बितरण गरिरहेको बताईएको छ ।

comments powered by Disqus

साढे १३ प्रतिशत घट्यो वाणिज्य बैंकहरुको नाफा, १३ बैंकहरुको नाफा घट्दा ७ भने बढाउन सफल

Apr 19, 2024 08:47 AM

वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेका छन्। विवरण अनुसार बैंकहरुको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुनलामा १३.४७ प्रतिशत घटेको छ।