एनआईसी एशिया बैंकको हकप्रदमा संस्थापक समुहको सेयर सबै विक्री भएपनि साधारणतर्फको दुई लाख ९८ हजार पाँच सय ३६ कित्ता सेयर विक्री नभएपछि सोही सेयर अहिले लिलाम बढाबढमा विक्री गरेको हो । बैंकले गत चैत १६ देखि बैशाख १९ गतेसम्म विक्री गरेको १५ प्रतिशत हकप्रद विक्री गरेको थियो ।
बैंकले हकप्रद सेयरको लिलामी विक्री एनआईसी एशिया क्यापिटलबाट गर्नेछ । जसका लागि ईच्छुक लगानीर्काले एनआईसी एशिया क्यापिटलको कार्यालयमा दिउँसो ३ बजेसम्म बबरमहलबाट आवेदन गर्न सक्नेछन् ।
लगानीकर्ताले न्युनतम एक सय कित्ता र अधिकतम एक लाख कित्ता सेयरका लागि आवेदन गर्न सक्नेछन् । आवेदन गर्दा दश कित्ताको गुणांकमा गर्नुपर्ने हुन्छ । आवेदन गर्ने न्यूनतम मूल्य एक सय रुपैयाँ हो भने अधिकतम मूल्य अंकित गर्ने लगानीकर्ताले सेयर प्राप्त गर्ने हुँदा सो भन्दा बढि मूल्य राखेर लगानीकर्ताले आवेदन दिन सक्नेछन् ।
प्राप्त भएको बोलपत्र असार ९ गते १ ३० बजे क्यापिटलको कार्यालय बबरमहलमा खुला हुने क्यापिटलले जनाएको छ । लिलामी सेयर पाउन नसक्ने लगानीकर्तालाई एक हप्तापछि क्यापिटलले रकम फिर्ता गर्ने जनाएको छ ।