मूल्य अभिवृद्धिकर र आयकर परिचालनमा अर्थमन्त्रीको जोड

Jun 22, 2017 RSS

अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले आन्तरिक स्रोतको प्रभावकारी परिचालन बिना आत्मनिर्भर अर्थतन्त्रको निर्माण गर्न सम्भव नहुने भएकाले त्यसका लागि मूल्य अभिवृद्धिकर र आयकर परिचालनलाई विशेष महत्व दिनुपर्नेमा जोड दिएका छन् ।

अर्थ मन्त्रालयमा बुधबार भएको चालु आर्थिक वर्षको जेठ महिनासम्मको राजस्व प्रगति समीक्षामा उनले दुई ठूला अर्थतन्त्र भएका मुलुकबीच अवस्थित नेपाल ठूलो अवसर र सम्भावना बोकेको मुलुक भए पनि विकासका सन्दर्भमा प्रशस्त चुनौती रहेकाले स्थायी संयन्त्रका रुपमा रहेको कर्मचारीतन्त्रले आफ्नो काँधमा रहेको जिम्मेवारीलाई सामथ्र्य तथा क्रियाशीलताका साथ निर्वाह गर्न निर्देशन दिए ।

उनले कर्मचारीको योग्यता, दक्षता, विज्ञता, कार्यक्षमता र नतिजाका आधारमा ‘उपयुक्त व्यक्ति उपयुक्त स्थानमा’ को अवधारणाअनुसार मूल्याङ्कन हुने बताए ।

अर्थ सचिव शान्तराज सुवेदीले नेपालमा मूल्य अभिवृद्धि कर राजस्व परिचालनको आधार र मूल स्रोत भए पनि त्यसको कार्यान्वयन प्रभावकारी हुन नसकेकोले थप क्रियाशीलता आवश्यक रहेको बताए ।

उनले राजस्व जोखिमका सम्भावित क्षेत्रमा निगरानी बढाउन, कर बक्यौता असुली र बेरुजु फछ्र्यौटमा जोड दिन सम्बद्ध कर्मचारीलाई निर्देशन दिए ।

महालेखा नियन्त्रक राजेन्द्रप्रसाद नेपालले राजस्व सङ्कलन एवम् पुँजीगत खर्च गत वर्षको तुलनामा यो वर्ष केही सन्तोषजनक रहेको बताए । रासस

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।