एनआईसी एशिया बैंकले सुरु गर्यो कर्जा ट्रयाकिङ प्रणाली

Jun 22, 2017 merolagani

एनआइसी एसिया बैंक (NICA) मा कर्जाका लागि आवेदन दिएका ग्राहकहरुले अब आफ्नो आवेदनको अपडेट चाहेको बेलामा लिन सक्ने भएका छन । जसका लागि बैंकले कस्टमर रिटेल ट्रयाकिङ सिस्टमको सुरुवात गरेको छ ।

 

 

बैंकले आफ्ना ग्राहकहरुलाई सहज रुपले उत्कृष्ट सेवा प्रदान गर्ने उदेश्यले प्रविधिको उच्चतम प्रयोग गर्दै कर्जा स्वीकृतका हरेक चरणको अपडेट हेर्न मिल्ने गरि “Customer Retail Loan Tracking System (CRLTS)” को सुरुवात गरेको बैंकले जनाएको छ।

सिआरएलटिएस द्वारा उच्चतम प्रविधिको प्रयोग गर्दै, बैंकले एसएमएस मार्फत सम्पूर्ण रिटेल कर्जाका आवेदकहरुलाई आफ्नो कर्जा निवेदनको अवस्थाबारे जानकारी दिने प्रमुख सुचना अधिकृत रोशन कुमार न्यौपानेले जानकारी दिए ।

यस प्रविधिको प्रयोग मार्फत ग्राहकले बैंकको कर्जा निवेदन प्राप्त गर्ने देखि कर्जा रकम ग्राहकको खातामा भुक्तानी गर्ने सम्मको चरणहरुबारे जानकारी पाउनेछन।

ग्राहकले बैंकको आधिकारिक वेबसाइट मार्फत निवेदन नम्बर र मोबाईल नम्बरका आधारमा कर्जा निवेदनको प्रगति हेर्न सक्नेछन् । यो सेवा बैंकको हालको सम्पूर्ण ११७ शाखाहरुबाट उपयोग गर्न सकिने बैंकले जानकारी दिएको छ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।