सेञ्चुरी बैंकको ६५ लाख ५६ हजार कित्ता सेयर नेप्सेमा सूचिकृत

Jun 22, 2017 Merolagani

सेन्चुरी कमर्शियल बैंक (CCBL) को ६५ लाख ५६ हजार ६४० कित्ता सेयर नेप्सेमा सूचिकृत भएको छ । इन्नोभेटिभ डेभलपमेन्ट बैंक र अरनिको डेभलपमेन्टलाई गत जेठ २८ गते गाभेपछि सेन्चुरीले ती संस्थाको सेयर सूचिकृत गरेको हो ।

बैंकले प्राप्ती गरेको दुबै विकास बैंकको सेयर सेञ्चुरी बैंकको सेयरमा रुपान्तरण गरी सो मात्राको सेयर नेपाल स्टक एक्सचेञ्जमा सूचिकृत गरेको हो ।

इन्नोभेटिभ र अरनिकोका सेयरधनीहरुले अब तोकिएको सेयर स्वाप रेसियो अनुसार सेञ्चुरीको सेयर पाउनेछन् । हाल एक सय कित्ता सेयर भएका इन्नोभेटिभका सेयरधनीले सेञ्चुरीको ८५ कित्ता र अरनिकोका सेयरधनीले सेञ्चुरीको ९० कित्ता सेयर पाउनेछन् ।

डिम्याट गरेका सेयरधनीहरुलाई स्वाप रेसियो अनुसार रुपान्तरित सेयर डिम्याट खातामा पठाइनेछ भने भौतिक रुपमा सेयर रहेका लगानीकर्ताहरुले समेत सेञ्चुरी बैंकको अभौतिक सेयर प्राप्त गर्न सक्नेछन् ।

चालु आर्थिक बर्षको तेस्रो त्रैमाससम्ममा सेन्चुरीले ३१ करोड नौं लाख खुद नाफा कमाएर प्रतिसेयर आम्दानी ११.२४ रुपैयाँ कायम गरेको छ ।

दुबै बैंकलाई गाभेपछि सेञ्चुरीले ४० प्रतिशत हकप्रद विक्री गर्ने भएको छ । बैंक अल्पाइन डेभलपमेन्ट बैंक र सगरमाथा फाईनान्स र सेती फाइनान्सलाइ पनि गाभ्ने प्रक्रियामा छ ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।