सो मार्ग सरकार आफैले बनाउने अघिल्लो सरकारको निर्णयबमोजिम नेपाली सेनालाई जिम्मा दिइएको थियो ।
यस्तै बैठकले एसियाली विकास बैंकले सहरी विकासका लागि दिने १५० मिलियन अमेरिकी डलरको सहुलियत ऋण ग्रहण गर्नका लागि वार्ता गर्न अर्थ मन्त्रालयका सहसचिवको संयोजकत्वमा वार्ता समिति गठन गर्ने निर्णय गरेको छ ।
बैठकले स्वास्थ्य मन्त्रालयका सचिवमा डा किरण रेग्मीलाई बढुवा गर्ने निर्णय गरेको छ ।