नेप्सेमा सुचिकृत भयो सवा चार करोड कित्ता सेयर, कुन कम्पनीको कति ?

Jun 22, 2017 Merolagani

बिहीबार नेपाल स्टक एक्सचेञ्जमा चार करोड २६ लाख ६४ हजार ६९९.९१ कित्ता सेयर सुचिकृत भएको छ । विभिन्न पाँच कम्पनीको बोनस, हकप्रद तथा एक्विजिशनका सेयरहरु बिहीबार कारोबारका लागि नेप्सेमा सुचिकृत भएका हुन् ।

नेप्सेका अनुसार बिहीबार नेपाल लाइफ इन्सयोरेन्स (NLIC) को ६१ लाख ९२ हजार आठ सय ५७.२५ कित्ता बोनस सेयर सुचिकृत भएको छ ।

त्यसैगरि प्रुडेन्सियल इन्स्योरेन्स (PICL) को सात लाख १२ हजार आठ सय कित्ता बोनस सेयर पनि कारोबारका लागि नेप्सेमा सुचिकृत भएका छन् ।

सेञ्चुरी कमर्शियल बैंक (CCBL) ले इन्नेभेटिभ डेभलपमेण्ट बैंक (INDB) र अरनिको डेभलपमेण्ट बैंक (ARDBL) लाई आफुमा विलय गरे पछि ती संस्थाको ६५ लाख ५६ हजार ६४० कित्ता सेयर सेञ्चुरी बैंकको नामबाट सुचिकृत गराएको छ ।

त्यसैगरि सानिमा बैंक (SANIMA) को एक करोड ५७ लाख छ हजार पाँच सय ७० कित्ता हकप्रद तथा कुमारी बैंक (KBL) को एक करोड ३४ लाख ९५ हजार ८३२.६६ कित्ता हकप्रद सेयर पनि कारोबारका लागि सुचिकृत भएको नेप्सेले जनाएको छ ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।