एभरेष्ट बैंकले काठमाण्डौंको किर्तिपुरमा खोल्यो एटिएम

Jun 22, 2017 Merolagani

एभरेष्ट बैंकले किर्तिपुरमा ८९औं एटिएम सञ्चालनमा ल्याएको छ । उक्त एटीएमको किर्तिपुर नगरपालिकाका मेयर रमेश श्रेष्ठ र एभरेष्ट बैंकका प्रमुख कार्यकारी अधिकृत सोमेश्वर सेठले संयुक्त रुपमा उद्घाटन गरेका हुन् ।

बैंकका नायब महाप्रबन्धक राजीब जैनले बैंकको सेवा बिस्तार गर्ने रणनीति अन्तर्गत आगामी दिनहरुमा बैंकले देशका विभिन्न स्थानमा नयाँ आउटलेटहरु खोल्ने योजना लिएको जानकारी दिए ।

बैंकले मुलुकभर ८९ एटिएम, ६० वटा शाखाहरु, ६ एक्सटेन्सन काउन्टर र २५ राजश्व संकलन काउन्टरबाट वित्तीय सेवा प्रदान गर्दै आएको छ । यसका साथै भारतमा पन्जाब नेशनल बंैकको ७ हजार भन्दा बढि एटिएम तथा बृहत बाह्य सन्जाल मार्फत उत्कृष्ट सेवाहरु प्रदान गर्दै आइरहेको विज्ञप्तीमा उल्लेख छ ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।