को बन्यो एभरेष्ट इन्स्योरेन्सको नयाँ प्रमुख कार्यकारी अधिकृत ?

Jun 22, 2017 Merolagani

एभरेष्ट इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी कमल गौतमले सम्हाल्ने भएका छन् । तत्कालिन इन्फ्रास्ट्रक्चर डेभलपमेण्ट बैंकको प्रमुख कार्यकारी रहेका गौतमले आगामी साताबाट इन्स्योरेन्सको प्रमुख कार्यकारीको जिम्मेवारी सम्हाल्न लागेका हुन् ।

एभरेष्ट इन्स्योरेन्सको प्रमुख कार्यकारीको जिम्मेवारी गौतमले सम्हाल्ने सम्बन्धमा सम्झौता भैसकेको छ । केही प्रकृया पुरा भए पछि उनले आफ्नो जिम्मेवारी सम्हाल्ने छन् । 

इन्फ्रास्ट्रक्चर डेभलपमेण्ट बैंक एनसीसी बैंकमा मर्जर भए पछि केही समय सहायक महाप्रबन्धको जिम्मेवारीमा काम गरेर गत जेठ दोस्रो साता गौतम एनसीसी बैंकबाट बाहिरिएका थिए ।

स्टाण्डर्ड चार्टर्ड बैंक (तत्कालिन ग्रिनडलेज बैंक), हिमालयन बैंक, नेपाल बंगलादेश बैंक, सनराइज बैंक, एनआईसी एशिया बैंकमा गौतमले विभिन्न जिम्मेवारीमा काम गरिसकेका छन् ।

बैंकिंग पेशाबाट बाहिरिएर उनले बीमा क्षेत्रको नयाँ अनुभव बटुल्न लागेका हुन् ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।