दाङको घोराहीमा सेवा विकास बैंकको शाखा

Jun 22, 2017 Merolagani

सेवा विकास वैंक लिमिटेडले दाङको घोराही १५, तुल्सीपुरचोकमा उन्नाइसौं शाखा सञ्चालनमा ल्याएको छ । कामना विकास बैंकसँग मर्जर प्रकृयामा रहेको बैंकले शाखा सञ्जाल बिस्तार गरेको हो ।

बैंकका प्रमुख कार्यकारी अधिकृत महेश प्रसाद काफ्लेले बैंक उत्कृष्ट वित्तीय सेवा प्रदान गर्न प्रतिबद्ध रहेको बताएका थिए । ७ वर्ष देखी नेपाल स्टक एक्सचेञ्जमा ‘क’ वर्गमा सुचिकृत हुन सफल बैंकले बुटवलमा रहेको केन्द्रिय कार्यालय सहित १८ वटा शाखा तथा ७ वटा एटिएम मार्फत झण्डै ८० हजार सेवाग्राहीलाई सेवा दिंदै आएको छ ।

१ अर्व १ करोड ७० लाख ७६ हजार ८ सय अठासी रुपैंया चुक्ता पूँजी रहेको बैंकले ५ अर्ब ३८ करोड भन्दा वढि निक्षेप संकलन गरी ५ अर्ब ३३ करोड भन्दा बढि कर्जा लगानी गरेको बताइएको छ ।

उद्घाटनको अवसरमा नयां शाखा कार्यालयका ग्राहकहरुलाई एक वर्ष एटिएम र मोवाइल बैकिङ्ग सेवा निशुल्क प्रदान गर्ने उद्घोष बैंकले गरेको छ ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।