लक्ष्मी बैंकले तीन लाख ९४ हजार कित्ता सेयर लिलामी गर्ने

Jun 23, 2017 merolagani

लक्ष्मी बैंक (LBL) ले हकप्रदमा अवितरित सेयरमा शिलबन्दी बोलपत्र आह्वान गरेको छ । बैैंकले सर्वसाधारण तर्फको तीन लाख ९४ हजार ९३९ कित्ता सेयर विक्री नभएपछि असार १६ देखि २३ सम्म लिलामी गर्न लागेको हो ।

लक्ष्मी बैैंकले गत बैशाख ३ देखि जेठ ७ गतेसम्म शतप्रतिशत अर्थात तीन करोड १५ लाख ९० लाख कित्ता हकप्रद निष्काशन गरको थियो । 

यसको विक्री प्रवन्धक लक्ष्मी क्यापिटल मार्केट लिमिटेड रहेको छ । ईच्छुक लगानीकर्ताले लक्ष्मी क्यापिटल नयाँ बानेश्वरबाट असार २३ गते १ बजेभित्र बोलपत्र पेश गर्न सक्नेछन् । बोलपत्र पेश गर्दा न्युनतम एक सय कित्ता र त्यसमाथि १० ले भाग जाने गरि एक सय रुपैयाँ भन्दा बढि मूल्यमा तोकेर बोलकबोल आवेदन दिन सकिने बैंकले जनाएको छ ।

बैंकको संस्थापक सेयर लिलामी सेयर सर्कान इच्छुक संस्थापक सेयरधनीले समेत लक्ष्मी बैंक केन्द्रिय कार्यालय हात्तिसारमा शिलबन्दी बोलपत्र बुझाउन सक्नेछन् ।

प्राप्त शिलबन्दी बोलपत्रहरु असार २५ गते विहान ११ बजे लक्ष्मी बैंकको केन्द्रिय कार्यालय हात्तिसारमा खोलिने छ । लिलामी सेयर प्राप्त गर्न नसक्ने लगानीकर्तालाई बाँडफाँड भएको तेस्रो दिनदेखि लक्ष्मी क्यापिटल मार्फत फिर्ता गर्ने बैंकले जनाएको छ ।

बैंकको हकप्रदपछि चुक्ता पूँजी छ अर्ब ३१ करोड ८० लाख रुपैयाँ पुगेको छ । असार १३ गते हुने साधारणसभाले १८.२९ प्रतिशत बोनस पारित गरेपछि बैंकको चुक्ता पूँजी सात अर्ब ४७ करोड ३७ लाख रुपैयाँ पुग्नेछ । लिलामीमा सेयर पाउने लगानीकताले समेत बोनस प्राप्त गर्नेछन् ।

बैंकको जगेडा कोषमा रहेको ४ अर्ब ३२ करोड रुपैयाँ र आगामी आर्थिक बर्षको कमाईबाट बोनश सेयर वितरण गरेर नै बैंकले राष्ट्र बैंकले तोके बमोजिम आठ अर्ब रुपैयाँ चुक्ता पूँजी सजिलै पुर्याउने देखिन्छ ।

साथै बैंकको साधारणसभाले अन्य बैंक तथा वित्तीय संस्था मर्जर तथा प्राप्तीका लागि समेत सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने विशेष प्रस्ताव समेत पारित गर्ने भएकाले बैंकले यस प्रकृयालाई समेत अबलम्बन गर्न सक्नेछ ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।