एसबिआई बैंकको हकप्रद भर्ने समय दुई दिन बाँकी, तपाईले कति भर्नुपर्छ हेर्नुहोस्

Jun 23, 2017 merolagani

नेपाल एसबिआई बैंकले जेठ ७ गते आईबारदेखि खुला गरेको हकप्रद असार ११ गतेदेखि बन्द हुँदैछ । यस अनुसार बैंकको सेयरधनीले आईबारसम्म हकप्रदमा आवेदन गर्न सक्नेछन् । बैंकको हकप्रद निष्काशनका एनएमबि क्यापिटलले बिक्री प्रवन्धकको काम गरेको छ ।

नेपाल एसबिआई बैंकले एक अर्ब ९९ करोड १९ लाख ४२ हजार ३६० रुपैँयाको एक करोड ९९ लाख १९ हजार चार सय २३ दशमलव ६० कित्ता हकप्रद बिक्री खोलेको हो ।

हकप्रदमा गत बैशाख २५ गते सोमबारसम्म सेयर खरिद गरेका लगानीकर्ताले एसबिआई बैंकका सबै शाखा कार्यालयहरु, एसबिआई मर्चेन्ट बैकिंग लिमिटेड हात्तिसार, र एनएमबि क्यापिटल नागपोखरीबाट आवेदन फारम बुझाउन सक्नेछन् ।

तपाईले एसबीआईको हकप्रद कति कित्ता भर्नु पर्छ ? यहाँ गएर हेर्नुहोस् ।

हाल बैंकको चुक्ता पूँजी चार अर्ब ९७ करोड रुपैयाँ रहेको छ । ४० प्रतिशत हकप्रद पश्चात बैंकको पूँजी झण्डै ७ अर्ब रुपैयाँ पुग्नेछ । बैंकले चालु आर्थिक बर्षको चैत मसान्तसम्ममा एक अर्ब १० करोड ४४ लाख रुपैँया खुद नाफा कमाएर प्रतिसेयर आम्दानी २९.५७ रुपैँया कायम गरेको छ ।

बैंकको सेयर नेप्सेमा विहीबार प्रतिकित्ता ९२५ रुपैयाँमा कारोबार भएको छ ।

नेपाल एसबिआई बैंकको ४० प्रतिशत हकप्रद खुल्यो

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।